आँखाको मोतिविन्दु र हाम्रो अनुभव
मानिसको जीवनमा सधंैभरी सोचेको र योजना बनाए बमोजिम मात्र काम गर्न नपरेर कहिलेकाहीं अकस्मात अकल्पनीय काम पनि गर्नुपर्दोरहेछ । यो जीवनको नियम हो । गत वैशाख ३१ गते मेरो जीवनमा पनि त्यस्तै भयो । मेरो सानो छोरा गिनीको दुवै आ“खामा मोतिविन्दु देखियो । जुन कुरा हाम्रो परिकल्पनाभन्दा विल्कुल फरक थियो ।
पेसाले म एक शिक्षक हु“ । मैले मेरो बच्चालाई आफ्नै विद्यालयमा अध्यापन गराउँछु । एक दिन मैले विद्यालयमा काम गर्ने क्रममा गिनी (जो ४ वर्षको मात्र भयो र किण्डरगार्टनमा अध्ययन गर्छ) को लेख्नमा त्यति राम्रो मन र ध्यान नभएको कुरा उसका शिक्षिकाहरूलाई जानकारी गराए । त्यो कुरा उहा“हरूलाई पनि महसुस भएको रहेछ । त्यसपछि उहा“हरूले त्यसलाई कही आ“खाको समस्या हो कि भनी जा“च्ने विचार गर्नुभयो र सोहीबमोजिम आ“खा जा“च गर्दा राम्रोसँग नदेखेको कुरा थाहा भयो । हामीलाई आफू अभिभावक भए पनि त्यस बारेमा सजक र सचेत भइ समयमै आ“खा जा“च गराउन नसकेकोमा ठूलो पश्चाताप र आत्मग्लानी भयो ।
कतिपय अवस्थामा हामी आफूलाई शिक्षित र बुझ्ने अभिभावकको श्रेणीमा राखे पनि बालबालिकाका गतिविधिलाई सामान्य रूपमा लिँदा रहेछौं र त्यसलाई बानीका रूपमा हेर्दा रहेछौं जुन समस्या पनि हुन सक्दोरहेछ । हाम्रो बाबुको आ“खामा समस्या भएको हामीले कहिले पनि विचार गरेनौं तर कहिले काही मात्र बाङ्गो हेरे जस्तो गरेको अनुभूति थियो । त्यसलाई हामीले आदतका रूपमा हेरेका थियौं । तर त्यो उसको बाध्यता र समस्या रहेछ । हामीले त्यसलाई बुझेनौं । त्यसले हामीलाई लामो समयसम्म पोलिरह्यो । हाम्रो अनुभूति जेसुकै भए पनि आ“खाको उपचार गर्नु प्रथम र अनिवार्य कुरा थियो त्यसैले त्यसपछि तत्काल आ“खा जा“च गराउन रेडक्रसको प्राथमिक आ“खा उपचार केन्द्र सुर्खेतमा गइयो । जा“च गराउँदा उसको दुवै आ“खामा मोतिविन्दु भइसकेको विवरण प्राप्त भयो । त्यसले हामीलाई कुनै नराम्रो सपना देखेको जस्तो अनुभूति भयो । हामीलाई यस कुरा विश्वास गर्न कठिन भयो किनकि हाम्रो बुझाइ मोतिविन्दु उमेर कटेका वृद्धवृद्धामा मात्र देखिने रोग हो भनी बुझेका थियौं तर त्यो हाम्रो बुझाइ गलत रहेछ । यो एक प्रकारको रोग हो त्यसैले जो सुकैलाई पनि हुन सक्दो रहेछ ।
मैले समयमै यसबारेमा सोच्न नसक्ने कारणलाई विभिन्न रूपबाट लिएको छु । प्रथमतः हामी आफू शिक्षित भए पनि पछौटे सांस्कृतिक अभ्यासका कारण कतिपय गतिविधिलाई गम्भीरताका साथ लिँदा रहेनछौं । हामीले पनि त्यसैगरी बाबुको हेर्ने तरिकालाई सामान्य बानीका रूपमा हे¥यौ । भनिन्छ मान्छेले जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण गतिविधिहरूलाई संस्कृतिले बा“धेको हुन्छ जसले हामीलाई सांस्कृतिक रूपमा सिकाउन मद्दत गर्छ । संस्कृतिमा अभ्यास गरेका कुरा नचाहँदा नचाहँदै पनि हाम्रा व्यवहारमा आउँदो रहेछ तर त्यसका बारेमा पढेको मात्र भएमा व्यवहारमा लागू गर्न र दैनिक व्यवहारमा आउन समय लाग्दो रहेछ । हामीकहा“ आमरूपमा शारीरिक परीक्षण गर्ने संस्कृति कम छ । यदि कुनै रोग लागेमा मात्र हामी अस्पताल जान्छौं अन्यथा त्यसको कुनै गुन्जायस छैन् । सायद त्यसैले पनि रोग समयमै पत्ता लाग्न नसकेको हुन सक्छ ।
सामान्य बुझाइका कारण पनि त्यति याद गर्न नसकिँदो रहेछ । सामाजिक सामान्य धारणाका कारण पनि यस्तो हुन सक्दोरहेछ । तेस्रो ध्रुवका मुलुकका हामीजस्ता जनताहरूमा प्रणालीगत विधिको विकास नभइसकेका कारण शिक्षा प्रमाणका रूपमा र जागिरे मानासिकताका लागि अधिकाधिक प्रयोग हुने तर सिकाइ परीक्षण, अनुसन्धान र जा“च गर्ने परिपाटीका लागि कम भएको ह“ुदा पनि यस किसिमका गल्तीहरू आउन सक्दा रहेछन् । हामी किताबी कुराहरू पढे पनि परम्परागत सोचाइका हिसाबले कैयौं कुरालाई पुरानै ढङ्गबाट बुझ्दा रहेछौं । व्यक्तिको आफ्नै व्यक्तिगत कमजोरीका कारणले पनि जानी जानी वा अञ्जानमा पनि यसप्रकारको कमी हुन सक्दोरहेछ जसरी एकपटक सर्वमान्य दार्शनिक अरस्तुले पुरुषको महिलाभन्दा धेरै दा“त हुन्छन् भनी भनेका थिए ।
जेसुकै होस् बच्चाको आ“खाको उपचार गर्ने काम नै महŒवपूर्ण थियो त्यसैले जेठ १ गते नै हामी आ“खाको शल्यक्रियाका लागि नेपालगन्ज गयौं । त्यहा“ गइ आ“खा रोग विशेषज्ञ डा. देवराज भारती र डा. चन्द्र्रमाया गुरूङ्गलाई भेट्यौं । त्यहा“को प्रतिवेदनले पनि दुवै आ“खामा मोतिविन्दु भएको प्रमाणित ग¥यो । उहा“हरूको सल्लाह बमोजिम डा. गुरुङ्गले ४ गते मंगलवार शल्यक्रिया गर्ने कुराको तय भयो । हाम्रो मनमा अनेकौं कुराहरू खेल्न थाले । कति सकारात्मक त कति नकारात्मक । बच्चाको आ“खा बन्ने नबन्ने विषयमा पनि एक प्रकारको त्रास रहिरह्यो । बच्चाको शल्यक्रिया अलि जोखिमपूर्ण हुन्छ बेहोस् बनाउनुपर्छ भनेकाले पनि हामी डरमुक्त थिएनौं । हामीले जीवनको कठिन समय (त्यसै दिनको ४ः२० देखि ५ः३० सम्म) भएको अनुभव ग¥यौं जसलाई कटाउन सर्वाधिक लामो लागेको थियो । आखिरमा जे भए पनि शल्यक्रिया सफल भयो । हामी खुशी भयौं । हामीले त्यो नेपालगन्जको भोक र गर्मीको प्यास सबै भुल्यौं । हामीलाई युद्ध जीतजस्तै भयो किनकि हामी हाम्रो बच्चाको आ“खाको रोश्नी फर्काउने काम गर्न सफल भएकोमा धन्य भयौं किनकि उसको लागि जित्न र जिउनका लागि सिङ्गै जिन्दगी बा“की नै छ ।
हुन त आ“खाको ज्योति गुमाएका संसारमा चर्चित मानिसहरू मोजार्ट, हेलेन केलर, सन्त कवि सुरदास, एनी सुलिभान, पिटर ह्वाइट, मार्ला रन्यान, जोन मिल्टन, लुइस ब्रेल, रुजबेल्टजस्ता अनेकौं र नेपालमै पनि हालैमात्र चर्चाको शिखरमा रहेकी श्रृष्टी केसी जो दृष्टिविहीन भए पनि आत्मविश्वास र सफलताको श्रोतका रूपमा देखा परेकी छन् उनीहरू एक सफल र ऐतिहासिक जीवन जिएका छन् तर त्यसका लागि देशको नीति, साधनस्रोत, जनताको फरक क्षमता भएका व्यक्तिहरूप्रतिको दृष्टिकोण, अभिभावकको लगानी गर्ने क्षमता र व्यक्तित्व विकासका लागि उपलब्ध अवसरहरूले पनि उत्तिकै असर पार्दछ । त्यसैले पनि हामी ती महान् व्यक्तिहरूसँग हाम्रो बाबुलाई तुलना गर्न सकेनौं र आ“खाको ज्योति फर्काउने काममा तन, मन र धनले समर्पित भयौं ।
हामीलाई थाहा छ कि कुनै पनि व्यक्ति उसको आ“खा देख्ने विकल्प हु“दाह“ुदै त्यो दुःखद र अन्धकारमय जीवनमा जान चाहँदैन् चाहे त्यो विश्वविख्यात व्यक्तिहरूको सफलताको कथा नै किन नहोस् उनीहरू जानाजान र आ“खा देख्ने विकल्प ह“ुदाह“ुदै चाहेर दृष्टिविहीन भएका पक्कै होइनन् । त्यो एक विडम्बना थियो जसलाई सकारात्मक रूपमा प्रयोग गर्दै उनीहरू संसारमा नाम कमाएका थिए र छन् । हामी चाहेर पनि विगत (चाहे त्यो सुखद् होस् वा दुःखद) लाई फर्काउन सक्दैनौं त्यसैले जहा“ छौं त्यहीबाट अघि बढ्ने कुरा नै बुद्धिमानी हुन्छ । हामीसँग आ“खाको ज्योति फर्काउने विकल्प बा“की नै थियौं त्यसैले बाबुको आ“खा बनाउनुका साथसाथै आफूलाई पनि पापको भारी बोक्नबाट बचेको अनुभूति भएको छ ।
यो त थियो हाम्रो जीवनको सिकाइ जहा“ हामीले हाम्रो बाबुको एक आ“खाको ज्योति जोगाउन सफल भएका छौं र आशा छ छिट्टै अर्को आ“खाको पनि त्यसैगरी शल्यक्रियामार्फत् सफल उपचार गराउनेछौं । तर एक प्रतिवेदनका अनुसार विभिन्न कारणबाट करिब ६ लाख व्यक्तिहरू पूरै अथवा आंशिक रूपमा दृष्टिविहीन रहेछन् । यसमा प्रमुख कारण गरिबी र सचेतनाको कमी रहेछ । हुन त मानिसहरू दुर्घटना, रोग, भिटामिन ‘ए’ युक्त खानाको कमी, भोकमरी, युद्ध तथा चोटपटकका कारण पनि व्यक्ति दृष्टिविहीन हुन सक्दोरहेछ तर कसैलाई जन्मजात पनि वातावरण प्रदूषण र हावापानीमा आएको नकारात्मक प्रभावका कारण पनि यस्तो विस्तारै नदेख्ने हँुदै जान सक्दो रहेछ त्यसैले यस बारेमा समयमै सोची आ“खा जा“च गराउने कुरा महŒवपूर्ण र अर्थपूर्ण रहेछ । कुनै पनि बच्चाले फरक तरिकाले हेर्नखोज्नु बानीमात्र नभइ आ“खाको समस्या पनि हुँदोरहेछ । त्यसैले जिम्मेवार अभिभावक हुने कुरामा नचुक्नका लागि पनि म आम महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु ।(लेखक एसओएस उमावि, सुर्खेतका शिक्षक हुन् ।)
साझा बिसौनी संवाददाता ।