क्षेत्रीय अस्पतालमा शैया थपिने

सुर्खेत, ७ फागुन ।
साविकको क्षेत्रीय संरचनामा रहेको क्षेत्रीय अस्पताल कालागाउँलाई प्रदेशस्तरकै नमुना अस्पतालका रूपमा विकास गरिने भएको छ । देशमा संघीयता कार्यान्वयनमा आएसँगै थप सेवा विस्तार गरी प्रादेशिक संरचनामा अस्पताल सञ्चालन गरिने भएको हो । हाल सञ्चालनमा आएका स्वास्थ्य सेवालाई थप विस्तार गरिने भएको हो ।
अस्पतालमा आउने बिरामीको चापलाई मध्यनजर गर्दै पाँच सय शैयाको अस्पतालका रूपमा विस्तार गर्न आवश्यक अध्ययन गरिने अस्पतालका प्रमुख सुपरिटेन्डेड डाक्टार डम्बर खड्काले बताए । उनले संघीय संरचना अनुसार क्षेत्रीय अस्पतालको स्वरूप र सेवा विस्तार आवश्यक भएकाले आवश्यक अध्ययन गरिने बताए । हाल अस्पतालबाट नवजात शिशुको निःशुल्क उपचार, मृर्गौला पीडितहरूलाई निःशुल्क डाग्लोइसीस सेवा, एनआईसियू तथा आईसियू सेवाहरू प्रवाह गर्दै आएको छ ।
विगत एक वर्षदेखि आफ्नै फार्मेसी सेवा सुरु गरेको अस्पतालले अक्सिजन प्लान्ट निर्माण गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा छिमेकी जिल्ला र निजी मेडिकललाई समेत अक्सिजन बिक्री गर्दै आएको डा. खड्काले बताए । उनले अस्पताललाई तीन सय शैयाका रूपमा विस्तार गर्न भवन निर्माणको तयारी थालिएको बताए । ६ नम्बर प्रदेशकै पहिलो र देशभरकै नमुना अस्पतालका रूपमा विकास गर्ने गरी योजनाहरू अगाडि सारिएको छ । हाल पनि कर्मचारी अभावका कारण प्रायाप्त सेवा दिन नसकिएको उनले बताए । ‘सर्वसुलभ स्वास्थ्य सेवा दिने गरी नमुना अस्पताल बनाउने हाम्रो योजना हो’ अस्पतालको प्रगति विवरण सुनाउँदै उनले भने, ‘५० वर्षसम्मका लागि बिरामीको चाँप थेग्ने गरी अस्पताललाई एक हजार शैयामा विस्तार आवश्यक छ । हाम्रो कार्यकालमा विस्तार गर्ने जमर्काेमा छौं ।’
सोमवार सम्पन्न भएको अस्पताको
१२ औं स्थापना दिवसका अवसरमा डा. खड्काले अस्पतालबाट स्वास्थ्य बीमा लागू भएसँगै दैनिक जसो २५ देखि ३० जना बिमितले स्वास्थ्य उपचार लिने गरेको बताए ।
प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय संरचना अनुसार क्षेत्रीय अस्पताललाई प्रदेश सरकारले नै सञ्चालन गरिने
बताए । उनले प्रदेश सरकारको पहिलो मन्त्रीपरिषद्को निर्णयले नै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
६ नम्बर प्रदेशका उपसभामुख पुष्पा घर्तीले गरीब र विपन्न नागरिकलाई सुलभ र भरपर्दाे स्वास्थ्य सेवा प्रवाहबारे प्रदेश सचिवालयले आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताइन् ।
६ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले क्षेत्रीय अस्पताललाई प्रदेशकै नमुना अस्पतालका रूपमा विकास गरिने बताए । गरीब र विपन्न परिवारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले क्षेत्रीय अस्पताल कालागाउँमा अक्षय कोष घोषणा गरिएको छ । अस्पताका सुपरिडेन्टेन डा. डम्बर खड्काले बुबाआमाको सम्झनामा ५० लाख बराबरको अक्षय कोष घोषणा गरेका हुन् । गरिबीका कारण स्वास्थ्य उपचार पाउन नसकेका नागरिकका लागि अक्षय कोष स्थापना गरेको उनले बताए । सोमवार घोषणा गरिएको अक्षय कोष आमाको ४५ औं
दिनको पूण्यतिथिमा स्थापना गर्ने बताए ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७४, मंगलवार १५:१२