ज्ञानसिन्धुलाई उपाधि
सुर्खेत, ५ फागुन ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति सुर्खेतले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि ज्ञानसिन्धु सुर्खेत कलेजले जितेको छ । शनिवार भएको प्रतियोगिताको फाइनलमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान संकायलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय इन्जिनियरिङ्ग संकायलाई पराजीत गरी ज्ञानसिन्धु फाइनल पुगेको हो । उपाधिसँगै ज्ञानसिन्धुले नगद १० हजार रूपैयाँ प्राप्त गरेको छ । अध्ययन र अध्यापनका साथ–साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयलाई अब्बल बनाउँदै लगिएको कलेजका प्रबन्ध निर्देश गणेश अधिकारीले बताए । उनले विद्यार्थीहरूलाई पढाइमा मात्र नभइ उनीहरूभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउन पनि उत्तिकै जरुरी हुने बताए । वीरेन्द्रनगरको यरीचौकस्थित साउथ एसियन स्कालर्स एकेडेमीसँगको सहकार्यमा सञ्चालित ज्ञानसिन्धु त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । सहिद दिवसको अवसर पारेर क्रान्तिकारीले आयोजना गरेको प्रतियोगितामा जिल्लाका विभिन्न सात वटा टीमको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ६ फाल्गुन २०७४, आईतवार १५:४६
साझा बिसौनी संवाददाता ।