सीम्तामा मतदानबाट गाउँपालिकाको केन्द्र

सुर्खेत, ५ फागुन ।
सिम्ता गाउँपालिकाको केन्द्र मतदानमार्फत् टुङ्गो लगाइएको छ । शनिवार मतदानमार्फत् रामकको पातचौरलाई गाउँपालिकाको केन्द्र निर्धारण गरिएको हो ।
सिम्ता गाउँपालिकाको केन्द्र राकमको पात्चौर राख्ने की बजेडीचौर राख्ने भन्ने विषयमा गाउँपालिकाका जनप्रनितिधिहरूबीच मतभेद थियो । सर्वसम्मत् रूपमा केन्द्र टुङ्गो लगाउन नसकिएपछि निर्वाचनमार्फत् टुङ्गो लगाइएको हो ।
४७ मतदातामध्ये राकमको पात्चौरको पक्षमा ३६ र बजेडीचौरको पक्षमा १० मत खसेको थियो भने एक मत बदर भएको गाउँपालिकाका प्रवक्ता टेकनारायण विकले जानकारी दिए ।

प्रकाशित मितिः   ६ फाल्गुन २०७४, आईतवार १५:४५