एड्भान्सको खेलकुद सप्ताह सम्पन्न
सुर्खेत, २ फागुन ।
एड्भान्स वेटर इङ्गलिस सेकेण्डरी स्कुल वीरेन्द्रनगर–३ तातापानी सुर्खेतको १० औं खेलकुद सप्ताह बुधवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । आगामी फागुन ११ गते सम्पन्न हुन गइरहेको दसौं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित दसौं वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रममा जुनियर, सिनियर, अन्तरसदनात्मक गरी कुल एक सय ३२ वटा खेल सम्पन्न भएको विद्यालयका सूचना अधिकारी रूपेश पोख्रेलले जानकारी दिए ।
विगतका वर्षहरूमा जस्तै यसवर्ष एक विशेष कार्यक्रमका बीचमा खेलकुद सप्ताह सञ्चालन भएको थियो । गत शनिवार विद्यालयको प्रांगणमा मार्चपास गर्दै सञ्चालन भएकोे खेलकुद सप्ताहको उद्घाटन कार्यक्रम एन् प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं.६ का संयोजक कमलबहादुर सिंहको प्रमुख आतिथ्यतामा र प्रिन्सिपल मणिराम देवकोटाको अध्यक्षता सञ्चालित समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष गीता बुढा, नेपाल ह्याण्डबल सुर्खेतका सचिव भुवन शाही लगायतको सहभागितामा भएको हो ।
खेलकुद सप्ताहको अन्तिम दिन बुधवार खो खो, हाइजम्प, लङ्गजम्प,त्रिपलजम्प, स्पोन रेस, सटफुट, ज्याप्लिङ्ग थ्रो लगायतका दर्जन बढी खेल सम्पन्न भएका छन् ।
साझा बिसौनी संवाददाता ।