शिवरात्रीमा काँक्रेबिहार प्रवेश निःशुल्क

सुर्खेत, २८ माघ ।
आगामी फागुन एक गते लाग्ने शिवरात्री मेलाको अवसरमा सुर्खेतको पर्यटकीय क्षेत्र काँक्रेबिहार क्षेत्र प्रवेश निःशुल्क गरिएको छ । पर्यटकहरूको प्रबद्र्धन र प्रचार–प्रसारका लागि मेलाको अवसरमा निःशुल्क प्रवेश गरिएको हो ।
हरेक वर्ष झैं यसवर्ष पनि शिवरात्रीको अवसरमा लाग्ने मेलामा आउने भक्तजनहरूलाई छिटो छरितो दर्शनका लागि ढोका बाहिरैबाट दर्शन गराइ प्रशाद वितरण गर्ने व्यवस्था मिलाइएको वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले बताए ।
मेला दर्शन गर्न आउने भक्तजन तथा पर्यटनहरूलाई काँक्रेविहारसमेत दर्शन गराउने उद्देश्यले शिव मन्दिरदेखि कांक्रेविहारसम्मका लागि यातायातको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । शिवविहार पुस्तकालयका अध्यक्ष सरोव श्रेष्ठको अध्यक्षता आइतवार बसेको वैठकले मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।

प्रकाशित मितिः   २९ माघ २०७४, सोमबार १५:१३