‘पर्यटन प्रबद्र्धनका लागि गुरुयोजना बनाउनेछु’
तपाईंका चुनावी एजेण्डा के हो ?
दैलेख उद्योग वाणिज्य संघको चुनावमा मैले प्रतिबद्धतापत्रमार्फत् धेरै विषयहरू व्यापारीहरू माझ राखेको छु । यसअघि पनि उद्योग वाणिज्य संघको सुरुवात गर्दा मैले सहयोग गरेको छु । अब विजयी भएँ भने संघको भवनमा तला थप गरेर व्यवसायिक भवनका रूपमा विकास गर्ने योजना छ । जिल्लाकै सुविधा सम्पन्न हल बनाउने योजना मसँग छ । सुर्खेतदेखि कालिकोट, जुम्ला मानसरोवर पुग्ने सडकको लागि सरकारसँग पहल गर्नेछु । संस्थागत रूपमा उद्योग वाणिज्य महासंघमार्फत् पनि अवका दिनमा पहल गर्नेछु । मध्यपहाडी लोकमार्ग तत्काल कालोपत्रे गर्नका लागि लाग्नेछु । जसले गर्दा व्यवसायीहरू लाभ लिन सक्नेछन् । व्यवसायीले उत्पादन गरेको सामग्रीलाई बजारीकरणमा मद्दत पुग्नेछ । यो जिल्ला कृषि उत्पादनमा निर्भर छ । पकेट क्षेत्रको बजारीकरणमा अझै भएको छैन । त्यसतर्फ म लाग्नेछु । जसले किसानहरूको आयस्तर बढ्ने छ । जडिबुटी धेरै भएकाले जिल्लामा प्रशोधन केन्द्र बनाउन लाग्नेछु ।
तपाईं विजयी भएपछि तत्काल के–के काम गर्नुहुन्छ ?
म विजयी भएपछि कृषि क्षेत्र, पर्यटन क्षेत्रमा योजना बनाएर काम गर्छु । दैलेखका सबै व्यापारीहरूलाई जोड्नका लागि विकास योजनामा सबैसँग हातेमालो गर्नेछु । दैलेखको विकास लागि आफू निर्वाचित भएपछि सबैसँग समन्वय भएर अन्तरजिल्ला जोड्ने सडकदेखि पर्यटकीय मार्ग मानसरोवर जाने सडकका लागि पहल गर्नेछु । जिल्लामा ग्यास र पेट्रोल खानी छ, त्यसको उत्खनन्का लागि सरकारसँग पहल गर्नेछु ।
व्यापार प्रबद्र्धनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग कसरी समन्वय गर्नुहुन्छ ?
पहिला राज्यको तीन खम्बे नीति अनुसार सम्पूर्ण केन्द्रको नीति थियो । अहिले केन्द्रदेखि स्थानीय तहसम्म अधिकार विकेन्द्रीकरण भएको छ । त्यसअनुसार जिल्लाबाट स्थानीय तहसम्म पुग्दैछ । उहाँहरूसँग समन्वय गरेर उद्योग व्यापार प्रबद्र्धनका लागि लाग्नेछु । सबै अधिकार गाउँमै पुगेको बेला व्यापार व्यवसायमा पनि सहज गराउनेतर्फ मेरो भूमिका रहनेछ । गाउँपालिकामा संघका शाखाहरू विस्तार गर्नेछु । सबै तहमा गएर व्यवसायीका समस्या समाधानका लागि लाग्नेछु । यहाँका व्यापारीहरूको हकहितका लागि प्रदेश सरकारसँग समन्वयकारी भूमिका हुनेछ ।
पर्यटकीय क्षेत्रको विकासका लागि के कस्ता योजना छन् ?
दैलेख प्राकृतिक स्रोत साधनमा धनी छ । हामीले आजसम्म स्रोतको सही सदुपयोग गर्न सकेका छैनौं । यहाँ सम्भावन धेरै छन् । तर पनि आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको अवस्था छ । हामीले पर्यटकलाई भिœयाउन सकेका छैनौं । संस्कृतिको धनी जिल्लामा प्राकृतिक सुन्दरता अवलोकनका लागि विशेष पर्यटन योजना बनाइनेछ । यसबाट जिल्लामा पर्यटन प्रबद्र्धनमा टेवा पुग्नेछ । जिल्लाले आर्थिक लाभ लिने गरी विशेष योजना बनाउनेछौं । जातजातिको उद्गमस्थल, धार्मिक सांस्कृती र सम्पदाहरूलाई चिनाउन स्थानीय सरकारसँग समन्वय गरेर गुरुयोजना बनाएर काम गर्नेछु । पर्यटक प्रबद्र्धनमार्फत् प्रचार–प्रसार गर्नसके, आर्थिक स्तर पनि बढ्नेछ । त्यसले गर्दा जिल्ला अझ आर्थिक रूपमा धनी हुनेछ ।
विगतभन्दा अहिले चुनावमा प्रचार भड्किलो भएको गुनासो आएको छ, यसमा के भन्नुहुन्छ ?
सान्दर्भिक प्रश्न आयो । यो भन्दा पहिले पहिले भन्दा अहिले हेर्दा त्यस्तो देखिएको हो । विगतदेखि नै भड्किलो चुनाव देखिएको हो । अहिले भड्किलो नबनाउने भनेर समझदारी भएको हो । तर प्रतिस्पर्धीले भड्किलो प्रचारशैली अपनाए । यसलाई कम गर्न हामी गम्भीर छौं ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
जिल्लामा मैले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएको छु । म साधारण व्यवसायी हुँ । सबैले उद्योग वाणिज्यको नेतृत्व लिनुपर्छ भनेर दबाब दिए । हाल वाणिज्य उपाध्यक्ष भएर काम गरिरहेको छु । उपाध्यक्ष हुँदा विगतमा धेरै कामहरू मैले नै गरेको हुँ । अझ धेरै कामहरू गर्नका लागि अध्यक्षमा लडेको छु । सबैको सहयोगको अपेक्षा गरेको छु । मैले यहाँ भनेर भन्दा पनि काम गरेर देखाउने हो । मेरो पालामा रहेका अधुरा काम गर्नका लागि एक पटक नेतृत्वमा पु¥याउनुहुन आग्रह गर्दछु ।
साझा बिसौनी संवाददाता ।