सिमसार संरक्षण र दिगो जीविकोपार्जन

सुवास ज्ञवाली
‘दिगो सहरी भविष्यका लागि सिमसार’ भन्ने नाराका साथ सन् २०१८ को विश्व सिमसार दिवस संसारभर मनाइएको छ । सन् १९९७ देखि विभिन्न नाराहरूका साथमा विश्व सिमसार दिवस मनाउँदै आइएको छ । सन् २०१७ मा ‘विपद् जोखिम न्यूनीकरणमा सिमसार’ भन्ने नाराका साथमा यो दिवस मनाइएको थियो । सिमसारलाई दिगो जीविकोपार्जन, कृषि, पर्यटन, वन जंगल, जैविक विविधता, जलवायु परिवर्तन, जलस्रोत व्यवस्थापन आदिसँग जोडेर नारा बनाइ फेव्रुअरी २ मा मनाउँदै आइएको छ । सन् १९७१ मा ईरानको रामसार भन्ने सहरमा सिमसारको संरक्षण तथा यसको दिगो सदुपयोगमा केन्द्रित रहेर सिमसार सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलन सिमसार संरक्षणको अन्तर्राष्ट्रिय सन्धीमा हस्ताक्षर भएको थियो र त्यस पश्चात् सम्मेलनलाई रामसार सम्मेलन भनेर नामाकरण गरियो । हालसम्म १६९ देशहरूले रामसार सम्मेलको सन्धीमा हस्ताक्षर गरेका छन् । नेपालले १९८८ अप्रिल १७ मा सन्धीमा हस्ताक्षर गरी सदस्यता लिएको हो ।
नेपाल उक्त सन्धिको हस्ताक्षरकर्ता देश भएकाले नेपालका १० ओटा सम्पदाहरु रामसार सूचीमा सूचीकृत भएका छन् । कोशीटापु संरक्षण क्षेत्र, बीसहजारी ताल चितवन, घोडाघोडी ताल कैलाली, जगदीशपुर जलासय (ताल) कपिलवस्तु, रारा ताल मुगु, गोकियो ताल सोलुखुम्बु, गोसाईंकुण्ड ताल रसुवा, माई पोखरी इलाम र फेवा ताल कास्की पोखरारामसार सूचीमा सूचीकृत सम्पदाहरू हुन् । नेपाल जस्तो जलस्रोत को धनी देशमा सिमसारको ठूलो महŒव छ । सिमसार पानीको मूख्य स्रोत हो ।
सिमसार र मानिसबीचमा अन्योन्यास्रित सम्बन्ध रहीआएको छ । सिमसार मानिसको सभ्यता तथा मानव विकासक्रमसँग जोडिएको विषय हो । यसले मानिसको दैनिक जीवनयापनसँग गहिरो सम्बन्ध स्थापित गरेको छ । सिमसारबाट मानिसले बहुआयामिक फाइदा प्राप्त गरिरहेको छ । यसबाट हामीले पर्यावरणीय सुविधा अन्तर्गत स्वच्छ पानीको अपलब्धता, खाद्य पदार्थको उपलब्धता, जैविक विविधता, बाढी न्यूनीकरण तथा जलवायु परिवर्तनका असरहरू न्यूनीकरण आदि फाइदा प्राप्त गर्दै आएका छौं ।
सिमसारले पर्यावरणीय सन्तुलन सँगसँगै पर्यटन विकास, विस्तार तथा प्रवर्धन गर्न ठूलो भूमिका खेलेका छन् । सिमसार पर्यटन आकर्षण गर्ने सम्पदा हुन् । पोखराको पर्यटन व्यवसायलाई मुख्यतया त्यहाँका ताल तथा पोखरीहरूले धानेका छन् । पोखराको सुन्दरताको कुरा गर्दा फेवाताल, बेगनासताल, रूपाताल आदि अग्रपंक्तिमा आउने सम्पदा हुन् । यी सुन्दर तालहरूले पोखरालाई विश्वमा चिनाएका छन् । त्यस्तै गोकियो हिमताल, राराताल, गोसाइकुण्ड आदि पनि पर्यटन विकासमा महŒवपूर्ण योगदान दिने सिमसारहरूमा पर्दछन् । यी तालहरूले पर्यटन विकासमा ठूलो योगदान पु¥याएका छन् र स्थानीयहरूको जीवनस्तर उकास्न मद्दत गरेका छन् । बीसहजारी ताल, घोडाघोडी ताल कोसीटापु ताल आदिले जैविक विविधता संरक्षण गर्नमा अतुलनीय योगदान दिएका छन् । लोप उन्मूख प्रजातीको संरक्षण र तिनीहरूको अध्ययन तथा अनुसन्धानको लागि यी तालहरू महŒवपूर्ण गन्तव्य बनेका छन् । जलचर, थलचर तथा पक्षीहरूको बासस्थानको रुपमा यीतालहरु विकसित हुदै जैविक विविधता संरक्षणमा ठूलो योगदान पुर्याएका छन् । चराचुरुङ्गी अवलोकन तथा अध्ययनको लागि कोसीटापु र जगदीसपुर तालले ख्याति कमाएको सबैलाई थाहा भएकै कुरा हो ।
पर्यटन प्रबद्र्धन तथा जैविक विविधता संरक्षणमा मात्र सीमित नभएर यी सिमसारले हाम्रो धार्मिक महŒव पनि बोकेका छन् । घोडाघोडी तालमा प्रत्येक वर्ष स्नान गरी थारु समुदायले आगन पत्र्चमी मनाउँदै आएको छ । श्रावण पूर्णिमा (जनै पूर्णिमा) गोसाइँकुण्डमा धार्मिक पर्यटनहरुको घुइचो लाग्ने गर्दछ । माइ पोखरी हिन्दु तथा बुद्ध धर्मालम्बीहरूको तीर्थस्थलको रूपमा विकसित हुनै आएको छ र फेवालाको बीचमा रहेको तालाबाराही मन्दिरले ठूलो मात्रामा धार्मिक पर्यटन आकर्षित गर्दै आएको छ । सिमसार प्राकृतिक सुन्दरताका साथसाथै धार्मिक महŒव र आस्था बोकेका सम्पदाहरू हुन् ।
सिमसार क्षेत्र स्वच्छ पानीको स्रोतहरू पनि हुन । गोसाइँकुण्ड त्रिसुली नदीको उदगम स्थल हो । गोकियो र पोकसुण्डो तालले तल्लो तटीय क्षेत्रमा पिउने पानी र सिँचाइमा ठूलो योगदान दिएको छ । जगदिशपुर जलासयबाट कपिलवस्तु जिल्लाको ६ हजार दुई सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ र खाद्य संञ्चित बढाएको छ । सिँचाइमार्फत् मानिसको आयआर्जनमा वृद्धि भइ जीवनस्तरमा सुधार ल्याएको छ । कृषि व्यवसायलाई सिँचाइ तथा शुद्ध पानीको लागि सिमसारको महŒवपूर्ण भूमिका रहँदै आएको छ । मानिसको जीविकोपार्जन उकास्नका लागि माछा पालन एक राम्रो माध्यम बनेको छ । पोखराका तालहरूमा वर्षेनी माछापालनबाट स्थानीयहरुले मनग्य आम्दानी गर्दै आएका छन् । तालमा जलसवारका माध्यमबाट पनि धेरै मानिसहरूले जीविकोपार्जन सहज रूपमा सञ्चालन गर्दै आएका छन् । सिमसार प्राकृतिक सम्पदाका साथ–साथै हामीहरूका पहिचान पनि हुन् । यिनीहरूको मानव सभ्यतासँग गहिरो सम्बन्ध रहिआएको छ ।
पर्यावरणको गुणस्तर वृद्धि तथा सन्तुलमा सिमसारले अहम भूमिका खेलेको हुन्छ । सिमसारले जल पर्यावरण र स्थल पर्यावरण बीचमा पुलको काम गरेको छ ।जलवायु परिवर्तनका असर न्यूनीकरण गरी मानिसको जीवनयापन सहज बनाउन सिमसारले योगदान दिएको छ । सिमसार जलाधार क्षेत्र पनि भएकाले, जलाधार क्षेत्रको संरक्षण गरी बाढी, पहिरो, आगलागी आदि जस्ता प्राकृतिक विपद्को क्षतिलाई न्यून गर्न सकिन्छ । सिमसाले स्थानीय मौसम सन्तुलमा प्रभाव पार्दै नियमित वर्षा भइ अनावृष्टि हुनबाट जोगाएका छन् । सहर बजारमा रहेका ताल, नदी, पोखरी, ढुङ्गेधारा, जमिनमुनीका पानीका स्रोतहरूको संरक्षण गरे मात्र सहरको सुरक्षित भविष्य सुनिश्चत हुन्छ । खाली स्थानमा पोखरी निर्माण गरी पानी सञ्चित गर्नाले सुख्खा मौसममा पानीको संकट न्यून गर्न सकिन्छ र कुनै विपदको बेला प्रयोग गर्न सहज हुन्छ । पोखरी, नदी तथा ताल तलाउने सहरको सुन्दरता बढाइ मनोरम स्थानको पहिचान बनाउन मद्दत पु¥याएका हुन्छन् । सिमसारले अधिकमात्रामा पानी शोसेर राख्ने हुँदा बाढीको जोखिम न्यून हुन्छ । गर्मी महिनामा सिमसार क्षेत्रबाट चिसो हावा वहने हुँदा वातावरणलाई चिसो बनाउन मद्दत पु¥याइ जीवनशैलीमा सहजता ल्याएको हुन्छ । सिमसारले विपद् जोखिम न्यूनीकरणका साथ साथै सहरी जीवनशैलीमा पनि महŒवपूर्ण भूमिका खेलेको छ ।
सिमसार क्षेत्रमा हुने मानवीय प्रदुषण, क्षेत्र अधिकरण, अधिकतम अव्यवस्थित दोहन आदि क्रियाकलापले सिमसारको जैविक गुणस्तरमा ह्रास आएको छ । जीविकोपार्जन, जैविक विविधता संरक्षण, पर्यापर्यटन आदि क्षेत्रको विकासमा सिमसारको महŒवपूर्ण भूमिका रहेको हुनाले दिगो विकासका लागि सिमसार संरक्षण गर्नु सबैको दायित्य हो । भावी पुस्तालाई स्वच्छ र विविधतायुक्त वातावरण हस्तानान्तरण गर्नका लागि पनि सिमसार संरक्षण गर्नु अनिवार्य छ ।

नथबधबष्।िकगदबक२नmबष्।िअयm