प्रदेश ६ : एमाले संसदीय दलको नेतामा यामलाल कंडेल

सुर्खेता, २५ माघ । नेकपा एमाले प्रदेश नं. ६ को संसदीय दलको नेतामा यामलाल कंडेल चुनिएका छन् । आज बसेको संसदीय दलको वैठकले कंडेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

दलको नेताका लागि दावी गरिरहेका अर्का सांसद प्रकाश ज्वालाको प्रस्तावमा नै कंडेललाई संसदीय दलको नेता चयन गरिएको सांसद पद्मा खड्काले जानकारी दिईन ।

कंडेल नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा प्रदेश नं. ६ का सहसंयोजक समेत हुन् ।

कंडेल प्रदेशको मूख्यमन्त्री बन्ने आकांक्षसहित यसपटक प्रदेशसभाको निर्वाचन लडेका थिए । सुर्खेत क्षेत्र नं. २(क)बाट विजयी उनी पूर्व पर्यटन मन्त्री समेत हुन् ।