संगत (कथा)
आनन्द कँडेल ‘अभागी’
आदित्य एउटा निकै कर्मठ, मेहेनती अनि परिश्रमी केटा हो । ऊ सानैदेखि मेहेनती थियो । धनी परिवारको छोरा उसलाई कहिल्यै कुनै पनि कुराको कमी भएको थिएन । उसका बुबा आमाका दुई सन्तान थिए ,आदित्य अनि अनु ।
अनु परीक्षामा अदित्यभन्दा कमजोर भए पनि अन्य घरको काममा एकदम चासो दिएर गर्थी । उसले आफ्नो आमालाई घरको काममा सघाउँथी । आदित्यलाई घरको काम त्यति आउँदैनथ्यो तर पनि उसले बहिनीलाई र आमालाई सघाउने गथ्र्यो । आमाको काम करेसाबारीमा तरकारी लगाउने, खाना बनाउने, छोराछोरीको कपडा धुने हुन्थ्यो भने अनुको काम घर बढार्ने, करेसाबारीमा पानी हाल्ने र पढ्ने हुन्थ्यो । आदित्य चाही तरकारी किनेर ल्याइदिने काम गथ्र्याे । उनीहरू मिलिजुली पढ्थे र खेल्ने गर्थे । उनीहरूको बुबा सुब्बा हुनुहुन्थ्यो । बुबाको कार्यालय अर्को जिल्लामा भए पनि उनीहरू बुबालाई भेट्न गइरहन्थे । उनीहरूको त्यो बानी व्यवहार देखेर समाजका सबै मान्छे छक्क पर्थे । सबैले भन्थे कति राम्रो परिवार । उनीहरू दुवै भाइ कक्षामा सधैं प्रथम र दोस्रो आइरहन्थे । उनीहरूको बुबा आमा पनि खुशी हुनुहुन्थ्यो ।
आदित्य र अनु ९ कक्षामा प्रथम र दोस्रो भइ १० कक्षामा गए । उनीहरू मेहेनत गरी लेख्ने पढ्ने गर्थे । साउनको महिला थियो, लगातार ५ दिनदेखि पानी परिरहेको थियो । उनीहरू स्कुल गएर घर फर्किदै थिए । अचानक चिच्याहटको आवाज आयो । उनीहरूले एउटा ठूलो भीड देखे ,के भएको रहेछ भनि अनुले भनि अनि आदित्यले एकछिन जाउँ न भनी तिनीहरू त्यो भीडतिर लागे । एक जना १९÷२० वर्षको युवकले आफ्नो आत्महत्या गरेको रहेछ । कुरा बुझ्दाखेरी उसले आफूले चाहेको केटीसँग बिहे गर्न नपाएर आत्महत्या गरेको रहेछ । उनीहरू दुई भाइ त्यहाँबाट घर गए । घर पुग्ने बेला उनीहरूका कपडा सबै भिजिसकेको थिए । घर गएर कपडा फेरेर खाजा खाए, खाजा खाने बेलामा आदित्यले दिउँसोको घटनाबारे सबै कुरा आमालाई सुनायो ।
आमा बेलुकीको लागि खाना पकाउन लगाउनुभयो । लामो समय पानीमा भिजेको हुनाले अनु र आदित्य सिरकमुनी बसेर पढ्न थाले । उनीहरूको एसएलसी परीक्षा पनि नजिकै आइरहेको थियो । यसै खबत अनु र आदित्य ट्यूसन पढ्न सहरतिर जाने सल्लाह गरी आमालाई भने । आमाले फोन गरी उनीहरूको त्यो कुरा आफ्नो श्रीमान्लाई भन्नुभयो । उहाँको स्वीकृति पश्चात उनीहरू सहरमा पढ्न गए ।
अनु र आदित्यसँगै उनीहरूका स्कुलका अन्य साथीहरू पनि गएका थिए । उनीहरू सबै सहरमा गएर राम्रो इन्स्टिच्यूट खोजेर पढ्न थाले । अनु र आदित्य कोठा भाडामा लगेर बस्थे । अरु साथी होस्टेलमा बस्थे । एसएलसी आउन पनि अब दुई महिना मात्र बाँकी थियो । पढ्दै जानेक्रममा उनीहरूका सहरमा साथीहरू पनि बढ्दै गए । दिपक, राजा, रमा, सीता, पुष्पा, मिन, मनोज, खगेन्द्र, नवराज र अन्य सहरका साथीहरू उनीहरूसँग नजिकिंदै गए ।
एक दिन नवराजले आदित्यलाई फोन ग¥यो । किन फोन गरेको भन्दा आज रमाको जन्मदिन छ, आउनु भन्यो । त्यो दिन बेलुकाको खाना नखाइ उनीहरू रमाको जन्मदिन मनाउन रमाको घर गए । त्यहाँ जाँदा सबै साथीहरू जम्मा भइसकेका थिए । उनीहरू गएर त्यहाँ रमालाई टिका लगाइसकेपछि खाना खान होटेल जाने भनि सबै साथीहरू गए । सीता आदित्यसँग अलि नजिक हुन खोज्थी भने नवराज अनुसँग । होटेल पुगेपछि साथीहरूले वियर, रक्सी, चुरोट पिउन थाले । रमा चाहीं यो कहिल्यै पिउँदिनथि । ऊ मेहेनती र इमान्दार थिए । सीता चाहींसबै थोक पिउँथी । त्यो दिन अनु र आदित्यलाई पनि पिउन
आग्रह गरे तर तिनीहरूले पिएनन् । त्यसपछि खाना खाएर अनु र आदित्य कोठामा गए ।
पढाइको निरन्तरता पछि एसएलसी आउन १० दिन बाँकी थियो । ट्यूसन पनि सकिसकेको थियो । आदित्य र अनु गाउँ जाने निर्णय गरी अरु साथीलाई खबर गरे तर अरु होस्टेल बस्ने साथी पहिल्यै गाउँ गइसकेका रहेछन् । अनि आदित्य र अनु गाउँ गए । उनीहरू गाउँ जाँदा बाबा पनि आउनुभएको रहेछ । एसएलसी परीक्षा सकिएपछि उनीहरू आफ्नो आमासँग भविष्यको बारेमा छलफल गर्न लागे । उनीहरूको रिजल्ट पनि नजिकिदै थियो उनीहरूको मनमा विभिन्न किसिमका समस्या उत्पन्न हुन थाले । एसएलसीको रिजल्ट आयो । यसपाली आदित्यलाई अनुले जितिछे । उनीहरू २ भाइबहिनीले नै अब के पढ्ने भनि सल्लाह गरे र अनुले स्टाफ नर्स र आदित्यले एचए पढ्ने निर्णय गरे ।
एकदिनको कुरा हो । अनु र आदित्य करेसाबारीमा पानी हाल्दै थिए । एक्कासी जमिन थर्कियो । चिच्यावटको आवाज आयो, ‘सबै ढल्यो ।’ उनीहरू दुवै घरतिर गए, बुबा आमा पुरिएर मृत्यु भएछ । उनीहरूलाई पर्नसम्मको चोट प¥यो । उनीहरूका सबै–सबै सपना त्यही घर भत्के झै भत्कियो । काजक्रिया सकिएपछि उनीहरू दुवै जना नै सहर गए । एकदिन एउटा सानो कुरामा अनु र आदित्यको झगडा प¥यो र अनु र आदित्य छुट्टिए । अनुले एउटा राम्रो साथी भेटाएर उसँग संगत गर्न थाली भने आदित्यले सहरका नयाँ केटाहरूसँग संगत गर्न थाल्यो । अनुलाई साथीको घरका बुबा आमाले नर्स पढाउनु भयो । अनुको पढाइ राम्रो थियो ।
ऊ सधैं सबै परीक्षामा प्रथम हुन्थी भने यता आदित्य चाहीं दिन प्रतिदिन बिग्रदै गएको थियो । अनुको संगत राम्रो भएर ऊ राम्रो मान्छेको रूपमा चिनिदै गइ भने आदित्य नराम्रो मान्छेसँग संगर भएर ऊ सहरको गुण्डाको रूपमा चिनिदै गयो । उसले आफ्नो विगत सबै भुलिसकेको थियो । एकदिन आदित्य नसामा सडकको छेउमा लडिरहेको थियो रमा विद्यालयबाट घर फर्किदै थिइ । उसले आदित्यलाई यस्तो अवस्थामा भेट्टाएपछि आफ्नो घर लगेर गइ । त्यहाँ लगेर उपचार गरेर होस् आएपछि उसले आफ्नो बहिनी अनुलाई देख्यो । त्यसपछि अनुले विगतका सबै कुरा भनेपछि ऊ पछुतायो । त्यसपछि आदित्यले एचए पढ्न थाल्यो । आज भोलि ऊ सहरको एउटा अस्पतालमा डाक्टर भएको छ । उसले अस्पताल आउने सबै बिरामीलाई गलत संगत नगर्न सल्लाह दिन्छ ।
(लेखक जन माध्यमिक विद्यालय वीरेन्द्रनगरमा कक्षा ११ मा अध्ययनरत छन् ।)
साझा बिसौनी संवाददाता ।