बालबालिकालाई शैक्षिक सामग्री

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ माघ ।
सडकबाट उद्दार गरी भैरव युवा शसक्तिकरण केन्द्रमा राखिएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । नोभा फाउण्डेसनले केन्द्रमा आश्रय लिएका १७ जना बालबालिकालाई मंगलवार शैक्षिक सामग्री वितरण गरिएको हो ।
सामाजिक कार्य गर्नका लागि स्थापना भएको फाउण्डेसनले आफ्नो दोस्रो कार्यक्रम अन्तर्गत केन्द्रमा आश्रित बालबालिकालाई कापी, कलम, कटर, इरेजर लगायतका सामग्री वितरण गरिएको फाउण्डेसनका अध्यक्ष सुमित काफ्लेले बताइन् । उनले ईगरब्रिज माध्यमिक विद्यालय वीरेन्द्रनगरबाट गत आइतवार संकलन गरेको रकमबाट बालबालिकालाई उक्त सहयोग गरिएको बताइन् ।
सडकमा दुःख कष्ट काटिरहेको यी बालबालिकालाई केही महिना अगाडि भैरव युवा सशक्तीकरणले आश्रय दिएको अध्यक्ष ललित भट्टराईले बताए । विभिन्न कुलतमा फसेका यी बालबालिकामा अहिले सुधार आएको उनले बताए । शैक्षिक सामग्री वितरण कार्यक्रममा इगरब्रिज स्कुलका शिक्षक हेमराज केसी, भैरव युवा सशक्तिकरण केन्द्रका महेश्वर आचार्य, नोभा फाउण्डेसनका सचिव एकता देवकोटा, सदस्यहरू कमला लामीछाने, सन्ध्या केसी लगायतको उपस्थिति थियो ।

प्रकाशित मितिः   १७ माघ २०७४, बुधबार १५:४०