संसदीय रिपोर्टि· सम्बन्धी तालिम
सुर्खेत, १६ माघ ।
संसदीय रिपोर्टिङ्ग सम्बन्धी दुई दिने तालिम वीरेन्द्रनगरमा सुरु भएको छ । क्रियाशील पत्रकार मञ्च नेपालको आयोजना र लेकवेशी नगरपालिकाको सहयोगमा तालिम भएको हो ।
देश संघीय संरचनामा रूपान्तरण भएसँगै संसदीय रिपोर्टिङ्ग कसरी गर्ने भन्ने विषयमा जिल्लामा कार्यरत पत्रकारहरूका लागि तालिम आयोजना गरिएको हो । संसदीय मामिला तथा स्थानीय सरकार सम्बन्धी रिपोर्टिङ्ग तालिमको उद्घाटन सत्रमा बोल्दै प्रतिनिधिसभा सांसद ध्रुवकुमार शाहीले राज्यको चौथो अंग पत्रकारहरूको क्षमता विकास हुनु राम्रो भएका बताए । उनले संसदीय मामिला र स्थानीय सरकारले गरेको गतिविधिहरू कसरी जनता समक्ष ल्याउने भन्ने सवालमा तालिमले पत्रकारहरूलाई मार्गदिशा देखाउनेमा विश्वास व्यक्त गरे । जनतालाई जागरुक गराउने सञ्चारकर्मीले संसद र स्थानीय सरकारले गरिरहेका कामहरूप्रति खबरदारी गर्न आग्रह शाहीले गरे ।
यस्तै, लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनार, निमित्त कार्यकारी अधिकृत केशरसिंह डाँगी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, महासंघका निवर्तमान कोषाध्यक्ष सूर्यमणि गौतम लगायतले धारणा राखेका थिए । लेकवेशी नगरपालिकाको सहयोगमा आयोजना भएको तालिम आजसम्म सञ्चालन हुनेछ ।
तालिममा संसदीय मामिला पत्रकार समाज अध्यक्ष राजेन्द्र फूयाँलले प्रशिक्षण दिनेछन् । तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत सुर्खेतका ३० जनाभन्दा बढी पत्रकारहरूको सहसभागिता रहेको थियो ।
साझा बिसौनी संवाददाता ।