आज मदन–आश्रित स्मृति दिवस

Madan-Bhandari-with-G-A_594875464सुर्खेत, २ जेठ । (साबिस)

आज (सोमवार) २३ औं मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र एमाले निकट सङ्गठनहरूले विविध कार्यक्रमका आयोजना नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सम्झना गर्दैछन् ।
दिवसकै अवसर पारेर नेकपा एमाले जिल्ला कमिटी सुर्खेतले आज रक्तदान कार्यक्रम गर्नुका साथै विचार गोष्ठी आयोजना गरेको छ । बिहान पार्टी कार्यालयमा रक्तदान गरी ११ बजेदेखि विचार गोष्ठी गर्ने एमाले सुर्खेतका सचिव मोहन बडुवालले जानकारी दिए । विचारगोष्ठीमा मदन भण्डारी जीवराज आश्रितको योगदानका बारेमा चर्चा हुनुका साथै भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका सान्दर्भिकता र आजको आवश्यकताका विषयमा अन्तरक्रिया हुनेछ । कार्यक्रममा एमाले सुर्खेतको तर्फबाट पार्टी सचिव मोहन बडुवालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने अधिवक्ता कृष्णबहादुर हमाल र नेपाल बुद्धिजीवि परिषद् सुर्खेतका अध्यक्ष खगेन्द्र थापाले टिप्पणी गर्नेछन् ।