संयुक्त गजल वाचन

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ माघ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाज सुर्खेतको आयोजनमा गजल वाचन कार्यक्रम शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । स्थापनाको एक महिना पुगेको अवसरमा आयोजित गजल वाचन कार्यक्रम्मा विभिन्न जिल्लाका साहित्यकारहरूले गजल वाचन गरेका थिए ।
उक्त कार्यक्रममा अछामका तपेन्द्र घोडासैनी, पहल असिम थापा, कोहलपुरका हुकुम धड्कन र दैलेखका विधा निर्दोष पहाडीले आफना रचना वाचन गरेका छन् ।
कार्यक्रमका मध्यपश्चिमाञ्चल विश्वविधालयका रजिष्टार डा. महेन्द्रकुमार मल्ल, मानविकी तथा समाजशास्त्रका डीन खोपीराम लम्साल, व्यवस्थापन संकायका क्याम्पस प्रमुख वीरबहादुर पौडेल, मानविकी तथा समाजशास्त्र संकायका क्याम्पस प्रमुख आनन्दप्रसाद सुवेदी, इन्जिनियरिङ्ग संकायका क्याम्पस प्रमुख विजय पण्डित, सुर्खेत शिक्षा क्याम्पस सहायक प्रमुख दिपक गौतम लगायतको सहभागिता रहेको थियो ।