सत्य र निष्ठाको राजनीति

कृष्णबहादुर बस्नेत
वि.सं. २००७ सालको क्रान्तिपछि नेपाली जनताले आफूले चाहे अनुसारको संविधान आफै बनाउन चाहेका थिए । झण्डै ६ दशकपछि संविधानसभाको चुनाव एक पटक नभइ दोहो¥याउनुप¥यो । पछिल्लो संविधानसभाको चुनावपछि नेपाली कांग्रेसको अगुवाईमा वि.सं. २०७२ मा वर्तमान संविधान प्राप्त भयो । वि.सं. २००७ देखि २०१५, २०१७, २०३६, २०४२ र वि.सं. २०४६ हुँदै संविधान प्राप्त गर्ने समयसम्म अनेक कठिनाइ, आरोह अवरोह नेपाली जनताले भोग्नुपरेको थियो ।

संविधानको प्रस्तावनामा उल्लेखित बहुदलवादसहितको लोकतान्त्रिक गणतन्त्रतर्फ मुलुकले पाइला टेकी सकेको र अब देशले आर्थिक समृद्धिको पथमा लम्कन सक्नुपर्दछ भन्ने सबैको भनाइ हुनु अस्वभाविक मात्र नभइ ढिला भइसकेको छ । हाम्रो देशभन्दा धेरै पछि स्वतन्त्र भएका देशले गरेको प्रगति हेर्दा हामी पूर्ण सचेत हुनुपर्दछ । नेपाललाई सात प्रदेशसहितको संघीय राजधानी रहनेगरी बाँडफाँड भएकोमा कुनै प्रदेशमा आन्दोलन चक्काजाम आदि भइरहेका छन् कहाँ कति पाएक प¥यो ? कति स्थानहरूमा विकासका प्रारम्भीक असजिलापन देखापर्ने हुन् ? जस्तै बाँके र बर्दिया जिल्ला ६ नं. प्रदेशमा रहँदा उपयुक्त हुन्थ्यो कि ? सर्वदलीय छलफल र सहमतिमा नेपाली कांग्रेसको सरकारले मिति २०७४÷१०÷०३ मा प्रदेश प्रमुखहरूको नियुक्ति गरेको छ भने अगामी निर्वाचनको बाटो तय भएको छ । उक्त मितिमा नियुक्त हुनभएका प्रदेश प्रमुखहरू निम्नानुर छन् ः
(१) डा. श्री गोविन्द सुब्बा प्रदेश नं. १ विराटनगर
(२) श्री रत्नेश्वरलाल कर्ण प्रदेश नं. २ जनकपुर
(३) श्री अनुराधा कोइराला प्रदेश नं. ३ हेटौंडा
(४) श्री बाबुराम कुँवर प्रदेश नं. ४ पोखरा
(५) श्री उमाकान्त झा प्रदेश नं. ५ रूपन्देही
(६) श्री दुर्गाकेशर खनाल प्रदेश नं. ६ सुर्खेत
(७) श्री मोहनराज मल्ल प्रदेश नं. ७ धनगढी
प्रदेश नं. ६ सुर्खेतका सन्दर्भमा प्रदेश प्रमुख पदमा आदरणीय नेपाली कांग्रेसका नेता दुर्गाकेशर खनालज्यू नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसको सच्चा इमान्दार, कर्मठ, कर्तव्यनिष्ठ, प्रष्ट वक्ताजस्ता गुणयुक्त व्यक्ति प्रदेश प्रमुखमा नियुक्त हुनुभएकोले चौतर्फी प्रशंसा भएको छ । पंक्तिकारले उहाँलाई सामान्यतः २०२२÷०२३ सालदेखि चिन्दथें भने २०३६, २०४२, २०४६ र वि.सं. २०४८ सालमा उहाँको व्यक्तित्व एवम् नेपाली कांग्रेसप्रतिको मानसिक, शारीरिक, आर्थिक रूपमा उहाँले गर्नुभएको लगानीका बारेमा नजिकबाट भलाकुसारी गर्ने अवसर प्राप्त भएको थियो ।
उहाँको राजनीतिक जीवन निकै संघर्षपूर्ण छ । साँच्चै भन्नुपर्दा पञ्चायत कालमा राजद्रोही मुद्दा, जेल चलान आदि सास्ती भोग्नु परेको थियो, उहाँले । यी आदी घटनाले उहाँमा आश्रीत परिवारमा कति मानसिक पीडा र तड्पना भोग्नु परेको थियो होला सहजै अनुमान गर्न सकिन्छ ।
उहाँले नेपाल विद्यार्थी संघदेखि आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष, नेपाली कांग्रेस सुर्खेतको जिल्ला सभापति तथा २०४८ मा राष्ट्रियसभाको सदस्य बन्नुभएको थियो । विशेषतः शिक्षा क्षेत्रमा पनि उहाँको अमूल्य योगदान रहेको छ । लगभग तीन वर्ष जन मावि सुर्खेतमा प्राध्यापक रहनुभएको, बहुमुखी क्याम्पस सुर्खेतको अध्यक्ष र मध्यपश्चिम विश्वविद्यालय स्थापना कालमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । यसकारण पनि उहाँ सम्मानीत व्यक्ति हुनुहुन्छ ।
वि.सं. २०५१ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखको समीक्षा, सुदृढिकरण गर्नका निमित्तार्थ दैलेख जिल्लामा पस्नु भएको पूर्व गृहमन्त्री, पार्टी पूर्व सहमहामन्त्री तथा वर्तमान केन्द्रीय सदस्य पूर्णबहादुर खड्का तथा प्रातस्मणीय नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङद्वारा पंक्तिकारको योगदानलाई मूल्यांकन गरी नेपाली कांग्रेसको जिल्ला कार्य समितिको सदस्यमा त्यस समयका सभापति नन्दबहादुर शाहीद्वारा मनोनित भइ पटक–पटकको अधिवेशनमा १२ वर्ष नेपाली कांग्रेसको जिल्ला कार्यसमिति सदस्य तथा ११ औं महाधिवेशनमा निर्वाचित, महाधिवेशन प्रतिनिधि पदमा रहँदा धेरै नजिकबाट नीति निर्देशन परामर्शको सुअवसर प्राप्त भएको छ, प्रदेश नं. ६ का आदरणीय प्रदेश प्रमुख दुर्गाकेशर खनालद्वारा ।
मलाई स्मरण हुन्छ, उहाँले एक पटक भन्नु भएको थियो, बहुदलीय प्राजातन्त्र प्राप्त पश्चात्, नेपाली कांग्रेसका जो कुनै नेता कार्यकर्ताले निम्न अनुसारका बुँदाहरू पालना गर्नु जरुरी छ ः
(१) राष्ट्रियता, प्रजातन्त्र (लोकतान्त्रीक गणतन्त्र) तथा समाजवादका अनुयायीहरू, साँच्चिकै लोकप्रिय बन्नुपर्दछ ।
(२) प्राज्ञिक उत्कृष्टता हासिल गर्न अध्ययनशील बन्नुपर्दछ ।
(३) विश्वसनियता तथा राजनीतिक मान्यतामा निरन्तरता हुनुपर्दछ ।
(४) आर्थिक प्रलोभनमा पर्नुहुँदैन ।
(५) नैतिक, चरित्रवान र इमान्दार हुनुपर्दछ ।
(६) सहिदको स्मरण गर्दै धर्तीको माटो समातेर बोल्नसक्नुपर्दछ ।
सत्य, निष्ठता र दृढताले समयलाई बोलाउछ यो त्यसै खेर जाँदैन भन्ने सबैले मनन् गर्ने उदाहरण हो, दुर्गाकेशर खनाल । अरुका लागि पनि प्रेरणात्मक बन्नुभएका ६ नम्बर प्रदेशका प्रमुख दुर्गाकेशर खनाललाई यो पंतिकार पुनः मुरी मुरी बधाई ज्ञापन गर्दै पूर्ण कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछु ।
(भगवतीमाइ गाउँपालिका १ दैलेख स्थायी घर भइ हाल सुर्खेतमा बस्दै आएका लेखक नेपाली कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि हुन् ।)

प्रकाशित मितिः   १४ माघ २०७४, आईतवार १५:२७