विद्यापुरमा सामाजिक परीक्षण
साझा बिसौनी संवाददाता
सुर्खेत, २ जेठ ।
स्वास्थ्यचौकी विद्यापुरको सामाजिक परीक्षण कार्यक्रम आइतवार सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको सहकार्यमा स्वास्थ्यचौकी विद्यापुरको पहिलो पटक सामाजिक परीक्षण गरिएको हो । कार्यक्रममा कार्ययोजना बनाइएको छ ।
कार्ययोजनामा असार मसान्तसम्म नागरिक वडापत्र, सूचनापाटी र सुझाव पेटीका तथा निःशुल्क औषधिको विवरण राख्ने, स्वास्थ्यचौकीको जीर्ण भवन निर्माणका लागि मंसिर मसान्तसम्म जग्गाको व्यवस्था गर्ने उल्लेख गरिएको छ । स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष नारायणदेव गिरीको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्यचौकी प्रमुख अशोक कार्की, नेपाली कांग्रेसका भक्तिप्रसाद घिमिरे, एमालेका गणेश कार्की, एकीकृत माओवादीका यामबहाहदुर थापा, राप्रपाका शिवराम जैसी लगायत सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । स्वास्थ्यचौकीको आय–व्यय विवरण तथा कार्यालयको सेवा प्रवाह लगायतका बारेमा अध्ययन अनुसन्धान गरिएको थियो ।
साझा बिसौनी संवाददाता ।