आमाको माया

आनन्द कँडेल
धेरै पहिलेको करा हो । एउटा गाउँमा बाबुआमा र छोरा गरी तीन जना बस्दथे । उनीहरू धेरै खुशी अनी सुखी थिए । उनीहरूको एक मात्र छोराको नाम विनोद थियो । ऊ भर्खर एक वर्ष पुगी दुई वर्षमा लागेको थियो । उनीहरू गरिब थिए तर निकै खुसी देखिन्थे । बुबा चाहीं दिनभर अरुको काम गरी बेलुका खाने कुरा लिइ घर फर्कन्थ्यो । आमा चाहीं अलिकति भएका आफ्नो जग्गा र छोराको हेरविचार गरी घर बस्थिन् । एक दिन कामबाट घर फर्किने बेला विनोदको बुबालाई केही अज्ञात व्यक्तिहरूले अपहरण गरी लगे । बुबा ढिलासम्म नआएपछि विनोदको आमालाई निकै छट्पटि लाग्यो र उनी गाउँका मुखीया कहाँ गएर त्यो खबर सुनाइन् । त्यो मुखियाले विनोदको आमा माथी कुदृष्टी राखी नराम्रो व्यबहार गर्न लाग्यो, उनी जसोतसो गरी नजिकै रहेको दाउराले त्यो मुखियालाई हिर्काएर त्यहाँबाट बाहिर आइन् ।
त्यो गाउँमा एउटी निकै दयालु र एक्ली महिला बस्थिन् । विनोदकी आमाले विनोदलाई त्यही छोडी आफ्नो श्रीमान् खोज्न त्यहाँबाट हिँडिन् । आफसोच उनले एउटा घना जंगलमा केही व्यक्तिको बीचमा आफ्नो श्रीमान्लाई देखिन् । उनका हात बाँधिएका र मुखमा पट्टी बाँधिएको थियो । उनी कराइन बचाऊ–बचाऊ त्यसपछि उनीहरूले विनोदको बाबाको पेटमा छुरा हानेर त्यहाँबाट फरार भए । उनी एक्कासी बेहोस् भइन् त्यहाँ अचेत अवस्थामा ढलिन्, करिब ५ घण्टापछि उनको होस खुल्यो । आफ्नो श्रीमान्लाई मृतक अवस्थामा देख्दा उनी रुँदासम्म रोइन, कराउँदासम्म कराइन् तर उनको चिच्यावट सुन्ने त्यहाँ कोही थिएन । त्यसपछि बिहान गाउँका मानिसहरू जम्मा गरी उनले आफ्नो श्रीमान्को दाहसंस्कार गरिन् ।
दाहसंस्कारको काम सकिएपछि उनको ध्यान आफ्नो छोरातर्फ गयो । उनले आफ्नो छोरालाई जसरी भएपनि ठूलो मान्छे बनाउँछु भन्ने सोचिन् । विनाद पनि दिनप्रतिदिन बढ्दै गइरहेको थियो । उनले छोरालाई राम्ररी पढाउने सोचिन् । विनोद जब ६ वर्ष पुगी ७ वर्षमा प्रवेश गरेको थियो । उनले उनको छोरालाई पढाउन सहर पठाउने निधो गरिन् । उनीहरू गरिब भएकोले उनीहरूसँग विनोदलाई पढाउने पैसा थिएन । उनले आफ्नो मृगौला बेचेर छोरालाई पढाउने निधो गरिन् उनले सहर गएर आफ्नो मृगौला बेचिन् र छोरालाई सहरमा पढाउन थालिन् ।
उनी दिन प्रतिदिन कमजोर बन्दै गइन् । छर छोरालाई ठूलो मान्छे बनाउने इच्छाले सधैं छोरालाई विद्यालय पठाइ आफू भने अरुको लुगा तथा भाँडा धन जान्थिन् । विनोद सानो छँदा बहुत ेहनेती र इमान्दार थियो । उनी धेरै खुशी थिइन् । विनादे ठूलो हुँदै जाँदा उसलाई त्यो सहरको नराम्रो हावाले छुन थाल्यो । ऊ कुलतमा लाग्दै गयो । विनोदले कुनै न कुनै बहाना पारी आमासँग भएको पैसा भागेर लगि चरेस तथा विभिन्न लागूपदार्थ सेवन गथ्र्यो । उसले नराम्रो साथीको संगल गढ्दै गयो । एकदिनको कुरा हो विनोद र उसका साथीसँग बसी चरेस खान लागेको बेला अचानक प्रहरी त्यहाँ आइ विनोदहरूलाई गिरफ्तार गरे । त्यसको भोलिपल्ट विनोदकी आमा रुँदै कराउँदै त्यहाँ पुगीन र प्रहरीसँग धेरै बिन्ती बिसाइन् । प्रहरीको मनमा पनि दया लागेर आयो र प्रहरीले उसलाई एक चोटीलाई गल्ती माफी भनि छोडिदिए । विनोद र उसको आमा त्यहाँबाट गए । उनले आफ्नो छोरालाई धेरै सझाइन् । त्यसपछि उनीहरू खाना खाइ सुते। २ दिनदेखि लागूपदार्थ सेवन गर्न नपाउँदा उसलाई छुटपछि लाग्यो । उसलाई बिहान ओछ्यानमा नदेख्दा उसको आमा आत्तिनुभयो । केही समयपछि ऊ आइपुग्यो । कहाँ गएको थिइस् भन्दा रिसाएर भित्र गयो । विनोदको यस्तो चालादेखि उसको आमा धेरै निरास भइन् । त्यसको केही दिनपछि नसामा हुँदा ऊ लडेर उसको एउटा आँखा फुट्यो र आफ्नो एउटा आँखा दिइ उनले आफ्नो छोराको उपचरा गराइन् । छोराको यतो व्यवहार देखेर उनलाई आत्महत्या गर्न मन लाग्यो । उनले नजिकको छिमेकी महिलालाई बोलाएर एउटा डायरीमा आफूले छोराको निम्ती गरेको सबै कुरा लेख्न लगाइन् र त्यो डायरी सीरानमा राखिन् । छोरा राती आयो नशा खान नपाएका कारण ऊ निकै आत्तिएको थियो र उसले आमाको कानमा भएको गहना माग्यो र आमाले दिन अस्वीकार गरेपछि उसले नजिकैको मुखले हानी आमाको हत्या ग¥यो ।
आमाको गहना खोली लाग्यो । पैसा खोज्न भनि सिरानीमा हेर्दा उसले एउटा डायरी देख्यो । त्यसमा उसको आमाले उसको निम्ती गरेको सबै कुरा लेखिएको थियो । यो डायरी पढिसकेपछि आफूले आमाको माया बुझ्न नसकेकोमा उसलाई निकै पश्चाताप लागिरह्यो ।
(लेखक जन माध्यमिक विद्यालय सुर्खेतमा कक्षा ११ मा अध्ययनरत छन् ।)

प्रकाशित मितिः   ६ माघ २०७४, शनिबार १५:५१