राघवको गल्ती

लक्ष्मीप्रसाद पौडेल (अनुरागी)
राघव र अमृत एउटै कक्षाका साथीहरू हुन् । राघवको घर विद्यालयको नजिकै छ र अमृतको घरबाट विद्यालयमा जान करिब डेढ घण्टा लाग्छ । अमृत अलि गरीब परिवारको थियो भने राघव चाहीं गाउँको अलि धनी परिवारको थियो । राघव क्षेत्रीको छोरा थियो भने अमृत चाहीं ब्राहमणको छोरा थियो । विद्यालयतर्फ हेर्ने हो भने राघव कक्षा प्रथम हो र अमृत कक्षा तृतीय हो । यी दुवै एकदमै मिल्ने साथी हुन् । दुवैले कसैे कसैको रिस गर्दैनथे । आ–आफ्ना उद्देश्य लक्ष्य र योजना दुवै बसेर छलफल सल्लाह सुझाव र परामर्शमा बनाउँथे । कक्षामा पनि एउटै डेक्समा मिलेर बस्थे । ती दुई जना अरुभन्दा निकै फरक देखिन्थे र उत्तीकै फूर्तिला देखिन्थे । यी दुई विद्यार्थी साथीहरू एक अर्कालाई प्रेमी पे्रमिका जस्ता ठान्दथे र मनको यथार्थता प्रतुत गर्दथे । एक अर्काको घरमा बास बस्ने पनि जान्थे । आफूहरू एकदमै मिल्ने साथी भएको कुरा आफन्तजनलाई पनि जानकारी दिएका हुन् ।


सपना, योजना, उद्दश्ये र लक्ष्य पनि उस्तै–उस्तै खालका हुन्थे उनीहरूका । राघव र अमृत कक्षा १० मा पढ्दै थिए । एसएलसी परीक्षाको तयारीका लागि ट्यूसन पढ्न जानुपर्छ भनेर राघव सदरमुकाम ट्युसन पढ्न जान्छ । गरीब परिवार भएको कारण हो या किन अमृत राघवसँग सदरमुकाम जान पाएन । केही समय एकअर्काबाट टाढा बस्नुपर्दा दुवै निराश त थिए । फोन गरुन् भने उनीहरूसँग मोबाइल थिएन । एकअर्काको सम्झनामा समय बित्यो । एसएलसी परीक्षा नजिकै आयो । राघव सदरमुकामबाट घर फक्र्यो । एसएलसी परीक्षा पनि दिए । त्यसपछि उनीहरू केही दिन सम्पर्क विहीन भए । राघव तत्काल कम्प्युटर तालिम गर्नका लागि सदरमुकाम आएको थियो । सौभाग्यले अमृत पनि कम्प्युटर तलिमकै लागि सदुरमुकाम आए । उनीहरू दुवैको भेट भयो । सदरमुकाममा उनीहरू फरक फरक ठाउँमा बस्थे र कम्प्युटर तालिम पनि फरक फरक ठाउँमा गर्दथे । सँथै नबसे र तालिमसँगै नगरे पनि उनीहरू खाली समय सँगै बिताउँथे । सँगसँगै घुम्न जान्थे । राघवले धुम्रपान, मद्यपान अनि लागूपदार्थ पनि सेवन गथ्र्यो तर अमृतलाई कुनै कर गर्थेन र सेवन गर्नका लागि अनुरोध पनि गर्दैनथ्यो । र अमृतले पनि यो कुरा ख्याल राखेको छ कि यस्तो कुलतको सेवन गर्नु मेरो उज्वल भविश्य वर्वादिमा धकेल्नु हो भनेर ।
कम्प्युटर तालिम पनि सकिनै लागेको थियो, त्यतिकैमा एसएलसी परीक्षाको नतिजा सार्वजनिक हुन्छ । जे होस् राघवले प्राप्त गरेका अंक अमृतले प्राप्त गरेको अंकभन्दा ४ ले मात्रै बढी हुन्छ । उनीहरू के पढ्ने भनेर उद्देश्य बनाउन लाग्छन् र बनाउँछन् । माथिल्लो तहको प्रवेश परीक्षा तयारीका लागि काठमाडौं जाने निर्णय गर्छन । काठमाडौं जाने र कोठा भाडामा लगेर बस्ने भन्ने निर्णय गर्छन् । भोलिपल्ट काठमाडौंतर्फ लाग्छन् । काठमाडौं जाँदाको दिन आफ्नै जिल्लाका मान्छेको होटेल देख्छन् र त्यही बस्छन् र त्यहाँ बसेर नै कोठा र पढ्ने ठाउँ खोज्ने निर्णय लिन्छन् र भोलिपल्ट कुनै ठाउँमा एउटा इस्टिच्यूटमा होस्टेलमा बसेर पढ्ने निर्णय गर्छन् र यहाँ जान्छन् । त्यहाँ होस्टेलमा आफूहरूसँगै एसएलसी परीक्षा दिएर पुरक परेका र तयारीमा रहेका साथीहरू पनि थिए । रमेश, भावना, कल्पना, जीवन, सन्दर्भ, सुस्मिता । होटेलका सबै साथीहरूबीच उनीहरूले राम्रो सम्बन्ध राख्न थाले । एउटै परिवार जस्तो हुन थाले ।
करिब १०–१५ दिनमै अमृतले भावनालाई मन पराउँछ । अवोधपन झल्किने अमृतको प्रेममा भावनालाई मिसाउन चाहन्छ । त्यसो त भावनाले पनि अमृतलार्य माया गर्ने जस्तो व्यवहार गर्थिन् । भावना र अमृत एक अर्कालाई प्रेम गर्न थाल्दछन् । आफ्नो इज्जत भविश्य र सपना अनि लक्ष्य बोकेर सहर परेका युवायुवती केटाकेटीहरू माया प्रेमको भूमरीमा परे । तर यही त छ संसार यही त छ भगवान्को रित अमृतले भावनालाई असाध्यै प्रेम गर्छ भन्ने थाहा हुँदाहुँदै पनि राघवले भावनालार्य प्रेम प्रस्ताव गर्छ । राघव अमृतभन्दा सुन्दर र राम्रो छ र धनी परिवारको छोरा पनि हो । भावना पनि सुन्दरताले भरिपूर्ण थिइन् । अमृतलाई पूर्ण विश्वास थियो कि आफ्नो मित्रताको फल राघवले घात गर्दैन र भावनाले पनि मलाई पूर्ण प्रेम गर्छिन् भनेर । के दोष विचरा अमृतको । यो कुरा अमृतलाई थाहा हुन्छ । छांगाबाट खसेझै हुन्छ । मनलाई शान्त पार्न सक्दैन ।
आफ्नो मन साटासाट गर्ने साथी र चोखो प्रमे पस्कने प्रेमिकाबाट नै यस्तो विश्वासघाट । ऊ सोच्दै छ ‘मेरो मित्रता र मेरो प्रेममा भगवानले कि यत्रो विश्वयुद्ध लगाउँद छन् त ?’ समय हो यो भगवान को छ जिमेवारी अमृतको घाम र पनि झै छर्लंग मित्रता र चम्किलो प्रेम सम्बन्धमा आँखा लागाउने । विचरा ! दुवै (राघव र अमृत) कत्रा कत्रा सपना योजना र उद्देश्य लिएर बोकेर सहर पसेका हुन् । घरमा आफन्तलाई कत्रो विश्वास र भरोसा छ कि आफ्ना सन्ततिले हाम्रो चाहना पूरा गर्नेछन् । वास्तवमा आफन्तजनलाई राघव र अमृत दुवैले विश्वास घात गर्ने संकेत देखिन खोजेको छ । किशोरावस्थामा आउने प्रेमको आवेग, आधिहुरी र बतासलाई रोक्न नसकेमा दुवैको जीवन वर्वादिमा जानेछ । विद्यालयमा भर्ना गर्ने समय आयो र होस्टेलमा बस्ने समय पनि सकिनै लाग्यो । त्यसपछि उनीहरू बाहिरिन खोज्छन् । त्यसो त राघव र भावनाको प्रेम सम्बन्ध यति गाठा भएको छ कि त्यो मायाप्रेमलाई उनीहरू सदैव बचाइराख्न चाहन्छन् । अमृतले आफ्नो मन कठोर र शान्त बनाउँदै थियो र नाजवाफ बनको थियो र अमृतले सोचेको थियो अवदेखि सधैं आफ्नो उद्देश्य सपना र लक्ष्य उन्मुख हुनेछ भनेर ।
राघव र भावना होस्टेलबाट निस्कदा पनि आफ्नो प्रेम सम्बन्ध राखिराख्न त चाहन्छन् । फोनमा कुराकानी गर्छन् । अन्तत होस्टेलबाट राघव र अमृत बाहिरिन्छन् । घरबाट राघव र अमृतलाई एउटै कोठामा भाडामा लगेर सँगै बस्न भनि निर्देशन आएको छ तर यस्तो निर्देशन अमृतलाई स्वीकार्य थिएन । ऊ यो स्वार्थी र निर्दयी संसारभन्दा बेग्लै बन्न चाहन्थ्यो । अमृत अब आफ्ना लक्ष्य उन्मुख हुन र लक्ष्यप्राप्तीका लागि संघर्ष गर्न चाहन्छ । भावना जस्तो प्रेमिका र राघव जस्तो साथी भगवानले कसैलार्य नपारुन् भन्ने सोच्दथ्यो अमृतले । घरपरिवारको दबाबका कारण अमृत र राघव एउटै कोठामा बस्ने बाध्य हुन्छन् । २–४ दिनपछि अमृत त्यस कोठादेखि राघवसँग नाजवाफ भएर बाहिरिन्छ । फरक कलेज गएर पढ्न सुरु गर्छ । राघव र भावना एक अर्कालाई असाध्यै प्रेम पर्छन् । पढाइमा त्यति ख्याल गर्दैनन्् । हर समय प्रेमरूपी संसार अंगाल्ने राघव +२ मा पनि अनुत्तीर्ण हुन्छ भने अमृतले राम्रो नम्बर ल्याएर +२ उत्तीर्ण हुन्छ । उसले मेहेनत र परीश्रम पर्दछ । आफ्नो र परिवारको लक्ष्य एवम् भरोसा सधैं सम्झने गर्छ अमृतले । अमृत सोच्दथ्यो ‘जीवन एउटा यात्रा हो, यात्रामा के भेटिन्छन् के’ राघवले भावनालाई विहे गर्न चाहन्थ्यो तर अचानक भावनाको बिहे अन्तै हुन पुगेछ ।
अवोध प्रेमको भूमरीमा नबुझेरै फसेको राघव न त असल साथी बन्न सक्यो नत उत्तरदायी छोरा बन्न नै सक्यो । न त असल विद्यार्थी नै बन्न सक्यो । अमृतलाई माया एउटा रोग हो जसले हाम्रो जीवनका कुनै अंग र भांगमा असर गर्छ र नस्ट पनि गर्नसक्छ भनेर सम्झाको ठाउँमा आफ्नो जन्मदेखिको मित्रतामा चोट पु¥याउँदै आफ्नो जीवन बर्बादीमा लैजाने राघवले न परिवारको भरोसा पाएको छ न त आफ्नो लक्ष्य नै न त प्रेमिका पाएको छ न त साथी नै । जिन्दगीका खेलमा होरेको छ राघव । अवोध प्रेममा फस्नु नै राघवको महान् गल्ती थियो ।

प्रकाशित मितिः   ६ माघ २०७४, शनिबार १५:५०