सात स्वर्णसहित सुर्खेत प्रथम

साझा बिसौनी संवाददाता
सुर्खेत, २ माघ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय उसु प्रतियोगितामा सात स्वर्णपदकसहित सुर्खेत जिल्ला प्रथम भएको छ । मंगलवार वीरेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा सुर्खेतले विभिन्न तौल समूहमा सात स्वर्ण पदकसहित पाँच काँस्य र एक रजत पदक हात पारेको छ ।

सुर्खेतका दिपक हमालले नान छ्वान अलराउण्डतर्पm, मालिका सार्की र लता पौडेलले सान्सौतर्पm, रमेश वलीले ५२ देखि ५६ केजी तौल समूहतर्पm, राजेन्द्र शाहीले ५६ देखि ६० केजी तौल समूहतर्पm, भरत रानाले ७० देखि ७५ केजी तौल समूह तर्पm र करण मछिमल मगरले ८० देखि ८५ केजी तौल समूहतर्फ स्वर्ण पदक हात पारेका हुन् ।
त्यसैगरी विभिन्न तौल र टीम समूहतर्पmको प्रतियोगितामा पाँच स्वर्ण पदकसहित बाँके दोस्रो र चार स्वर्ण पदक पाएको बर्दियाले तेस्रो स्थान हात पारेको छ । दोस्रो स्थान हासिल गरेको बाँकेले एक वटा काँस्य प्राप्त ग¥यो । बर्दियाले चार काँस्य र तीन रजत पदक प्राप्त गरेको छ ।
आउलुतर्पm प्रथम र दोस्रो हुने तथा सान्सातर्पm प्रथम हुने खेलाडीहरूले आगामी माघ ५ गते देखि ८ गतेसम्म इटहरीमा हुने १३ औं राष्ट्रिय उसु प्रतियोगितामा सहभागी हुने मौका पाउने प्रशिक्षक रमेशकुमार तुलाधरले जानकारी दिए ।
क्षेत्रीय प्रतियोगितामा सुर्खेत, डोल्पा, रुकुम, जुम्ला, बाँके, बर्दिया र रोल्पा जिल्लाका खेलाडीहरूले प्रतिस्प्रधा गरेका थिए । जसमा २६ जना पुरुष र ११ जना महिला खेलाडी थिए ।

प्रकाशित मितिः   ३ माघ २०७४, बुधबार १५:४२