फुटबल संघमा रावल
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ पुस ।
सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा जनक रावल चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको संघको पाँचौं जिल्ला अधिवेशनबाट रावल सर्वसम्मत् चयन भएका हुन् ।
जसको वरिष्ठ उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष प्रभात थापा, उपाध्यक्षमा प्रमोद हमाल चयन भएका छन् । संघको सदस्यहरूमा गोवर्धन खड्का, रमेश तुलाधर, गणेशकुमार कार्की, मिलन श्रेष्ठ, गोपाल खड्का, कर्ण चन्द, कृष्णबहादुर खड्का, महेन्द्र चौधरी, र महिला सदस्यमा जानकी तारुङ्ग रहेका छन् ।
सभामा संघका महासचिव गणेशकुमार कार्कीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रभात थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले हरेक खेल क्षेत्र जस्तै फुटबल क्षेत्रमा पनि नयाँ आयाम थपिदैं गएको बताए । एन्फा केन्द्रीय सदस्य प्रदेशसिंह राठौरले फुटबलको क्षेत्रमा फिफा अन्तर्गत एन्फामार्फत् ४५ वटा जिल्लामा ग्रासरुट परियोजना सुरु गर्ने जानकारी दिए ।
सभामा संघका अध्यक्ष गोवद्र्धन खड्को सभापतित्वमा सम्पन्न अधिवेशनमा निवर्तमान अध्यक्ष दीपककुमार राई, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ केन्द्रीय सदस्य भुवन थापा, उसु संघ सुर्खेतका अध्यक्ष हरि थापा, प्रशिक्षण विभाग प्रमुख राष्ट्रिय खेलकुद परिषदका रामबहादुर वलीको उपस्थिति थियो ।
साझा बिसौनी संवाददाता ।