राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको योगदान

नारायणविक्रम जिसी

‘मेरा साना दुखले आज्र्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया ! यो फूलबारीका छोटा, बडा चार जात, छत्तीस वर्णले यो असल हिन्दुस्थान हो, आफ्ना कुलधर्म नछोड्नु…! (पृथ्वीनारायण शाहको दिव्योपदेशबाट) ।

आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाहको ज्यादै महŒवपूर्ण स्थान रहेको छ । नेपालको इतिहासमा शाहवंशीय राजाहरूको ठूलो भूमिका रहेको कुरालाई नकार्न सकिदैन । नेपालमा पछिल्लो समय राजसंस्थाको अन्त्य भइसकेको अवस्थामा सरकारले ‘राष्ट्रिय एकता दिवस’ एवम् पृथ्वी जयन्तीका दिन सार्वजननिक बिदा दिएर जयन्तीलाई ओझलमा पर्न खोजिएको हो कि ? भन्ने मत राख्नेहरूको बुझाइ छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई हेर्दा उनीप्रतिको सम्मान जति गरे पनि कम हुन्छ । उनले नेपालमा त्यतिबेला रहेका बाइसे, चौबीसे राज्यहरूलाई एकीकरण गरेर जुन सिंगो नेपालको संरचना छ त्यसलाई महŒवपूर्ण ठान्नु आवश्यक हुन्छ । उनले त्यसबेला त्यो दूरदर्शीता नअपनाइदिएको भए आज हामी भारत वा चीनसँग अनि अंग्रेजसँग विलय भइसक्थ्यौ र नेपालीको पहिचान समाप्त भएर चाइनि वा इण्डियन भइसक्थ्यौं । त्यसैले नेपालको इतिहासमा आफ्नो अस्तित्व बचाउन सफल प्रेरणादायी पात्रको रूपमा हामीले पृथ्वीनारायण शाहलाई लिने गर्छौं ।
पृथ्वीनारायण शाहलाई आधुनिक नेपालको इतिहासका ज्यादै महŒवपूर्ण व्यक्तित्वका रूपमा मानिन्छ । तिनैको सम्झनामा आज(पुस २७ गते) सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय ग¥यो त्यो समय सान्दर्भिक र आजको आवश्यकताका रूपमा आम नेपालीले बुझ्नुपर्ने बेला आएको छ । उनले ५० भन्दा बढी विभिन्न राज्यमा विभाजित नेपाललाई एक सिंगो राष्ट्रका रूपमा परिणत गर्ने महान् कार्यको प्रारम्भ गरी नेपालको इतिहासमा ३२ वर्षसम्म लगातार एकीकरण कार्यमा संलग्न रहे । नेपालमा पछिल्लो समय संघीयताका नाममा फेरि देश टुक्रिदै छ, राजधानीका नाममा देश टुक्रिदै छ, जसरी पृथ्वीनाराण शाहको पालामा गोरखाभन्दा पश्चिम र पूर्वका राज्यका रूपमा राज्यहरू विस्तार भएका थिए । विभिन्न स्वतन्त्र राज्यहरूबीच आपसी मेल नभएकाले आपसी लडाइको कारण ज्यादै कमजोर भएका थिए भने अंग्रेजको विस्तारवादी नीतिले भारतलाई उपनिवेश बनाइसकेको अवस्थामा नेपालको स्वतन्त्र अस्तित्व बचाउन सुदृढ र सुसंगठित राज्यको आवश्यकता थियो । पछिल्लो समय भारतीय विस्तारवादी नीतिले नेपालको राजनीति प्रभावलाई प्रभावित पार्दैछ । तत्कालीन सामाजिक मूल्य, परिवेश, एवम् मान्यता आवश्यकता मनोविज्ञान र समाजको चेतनाको स्तरलाई मापन गरिएन भने मूल्यांकनको निश्कर्ष यथार्थताका धरातलमा सत्य हुन सक्दैन र हाँस्यास्पद मात्र हुनसक्छ । कुनै कुरा जुन समयमा भएको हो त्यसलाई तत्कालीन परिवेशमा राखेर मूल्यांकन गरिएमा मात्र त्यसको यथार्थतामा पुग्न सकिन्छ । पृथ्वीनारायण शाहलाई गणतन्त्र, संघीयता वा संवैधानिक राजतन्त्रको कसीमा राखेर हेरियो भने मूल्यांकन सही हुन सक्दैन त्यसको अवमूल्यन हुन्छ । नेपाल अनि विश्वका अरु पात्रहरूको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । करिब ५ हजार वर्ष पहिलेदेखि नेपालमा राजतन्त्रात्मक परिपाटीले सामन्तवादको सक्रिय नेतृत्व गरेको पाइन्छ, र पृथ्वीनारायण शाह पनि यसै परिवेशका पात्र भएकाले उनको सामाजिक धरातल, मनोवैज्ञानिक चेतना, ऐतिहासिक पृष्ठभूमि र शिक्षादिक्षा लगायतका सम्पूर्ण कुराहरू सक्रिय र सामन्तवादी राजतन्त्रमा आधारित थिए र यसको विकल्प पनि थिएन । त्यसैले पृथ्वीनाराण शाहलाई मूल्यांकन गर्दा इतिहासको यसै कसीमा राखेर मूल्यांकन गरिनुपर्दछ र उनलाई सक्रिय राजतन्त्रको राजाको रूपमा मन्नुपर्दछ ।
त्यस समय विश्वभर नै साम्राज्यवादी तथा विस्तारवादी सोच भएकोले शक्तिशालीले कमजोर माथि अधिकार जमाउने चाहना राख्नु स्वभाविक थियो । त्यसैले पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण प्रक्रियाको थालनीलाई नराम्रो भन्न मिल्दैन । उनले गोरखा राज्यको एकीकरण नगरेको भए अर्को कुनै राज्यले गथ्र्यो होला अथवा कसैले नगरेको भए भारतका तत्कालीन राज्यहरू अंग्रेजी साम्राज्यमा विलय भएझै नेपालका साना–साना भुरेटाकुरे राज्यहरू पनि अंग्रेजी औपनिवेशिक साम्राज्यमा क्रमशः विलीन हुन्थे होलान् । यसको कुनै विकल्प नै थिएन, त्यसैले वर्तमान नेपालको अस्तित्व जोगाइ नेपाली अंहबोध रक्षा गर्ने आधार पृथ्वीनारायण शाहको एकीकरण अभियान नै हो भन्न सकिन्छ ।
उनको एकीकरणको महान् कार्यको परिणाम नै आज हामीले नेपालको स्वतन्त्र अस्तित्वलाई विश्वसामु स्पष्ट पार्दै आफूलाई नेपालीका रूपमा परिचित गराउन पाएका छौं । उनको ४ वर्ण ३६ जातको साझा फूलवारीमा हामी सबैको कल्याण हुन्छ । त्यसैले पिछडिएका जात जातिको उत्थान गर्दै सबै जाति, भाषा, संस्कृति, संस्कारको संरक्षण तथा संवद्र्धन गर्दै अघि बढ्नका लागि आजको दिनले सबैलाई प्रेरणा देओस् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘मेरा साना दुखले आज्र्याको मुलुक होइन ४ वर्ष ३६ जातको साझा फूलवारी हो, सबैलाई चेतना भया’ भन्ने उपदेशले हामी सबै जनजातिलाई एउटै मालाका रूपमा रहिरहन सबैलाई प्रेरणा दिइरहन्छ । त्यसैले सबैले आजको दिनलाई राष्ट्रिय एकताका दिवसका रूपमा मनाइरहनका लागि प्रेरणा मिलोस् ।