आगलागी पीडितलाई आर्थिक सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ पुस ।
वीरेन्द्रनगरको बसपार्क नजिक भएको आगलागीबाट पीडित व्यवसायीहरूलाई सहयोग प्रदान गरिएको छ । नेपाल राष्ट्रिय व्यापार संगठन र राष्ट्रिय उद्योग वाणिज्य संघले संयुक्त रूhttp://sajhabisaunee.com/wp-admin/edit.phpपमा राहत संकलन गरी पीडितहरूलाई प्रदान गरेका हुन् ।
मंगलवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना पीडितलाई उक्त रकम प्रदान गरिएको छ । आगलागीबाट पूर्ण क्षति भएकाहरूलाई ७१ हजार र आंशिक क्षति भएकालाई २१ हजारका दरले राहत रकम वितरण गरिएको हो । संघ र संगठनले वीरेन्द्रनगस्थित व्यवसायीहरूबाट राहतका लागि आठ लाख ६५ हजार रूपैयाँ संकलन गरेका थिए । पूर्ण क्षति भएका ११ व्यावसायी र आंशिक क्षति भएका चार व्यावसायीलाई रकम वितरण गरिएको संयुक्त व्यवसायी समूहले जनाएको छ ।


राहत वितरण कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा निर्वाचित सांसद यामलाल कँडेलले उद्योग र व्यापारीको हितमा काम गर्नका लागि संगठनले खेलेको भूमिका अतुलनीय भएको बताए । उनले एक आपसमा सहयोग र सद्भाव कायम भएको उदाहरण यो राहत सहयोगले प्रत्याभूति दिलाएको बताए । उद्योग र व्यापारीलाई सहयोग मात्रै नभइ हौसला समेत दिएको उनको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य नवराज रावतले आपत विपत्त सबैलाई पर्ने भएकाले सहयोग गर्ने व्यापारीलाई धन्यवाद दिए ।
उनले आगजनीका कारण क्षति भएको व्यापारीलाई सहयोग गर्नुपर्ने दायित्वबाट सरकार तथा सरोकारवाला निकाय पञ्छिन खोजेको बताए । उनले व्यवसायले गरेको लगानीलाई संरक्षण गर्न नसक्दा नेपालले उद्योग तथा कलकारखाना खोल्न नसकेको बताए । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले आगलागी पीडितहरूलाई आवश्यक सहयोग गर्नका लागी नगरपालिका तयार रहेको बताइन् । आगलागीका घटना बढेसँगै रोकथामका लागि दीर्घकालीन योजना बनाउन नगरपालिका लागिपर्ने प्रतिबद्धता जनाइन् । संयुक्त व्यावसायी समूहका संयोजक विष्णुबहादुर शाहीले व्यापार व्यवसायमा लगानी सुरक्षित हुने वातावरण राज्यले नगरेसम्म देशले आर्थिक विकास सम्भव नभएको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य खड्कबहादुर खत्री, ठम्मर विष्ट, विन्दमान विष्ट, नेकपा एमालेका जिल्ला सचिव मोहन बडुवाल लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २६ पुष २०७४, बुधबार १५:३६