मनाइयो तमु ल्होसार

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ पुस ।
गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व हर्षोल्लासका साथ मनाएका छन् । बुधवार सुर्खेत लगायत देशभरका गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ल्होसार मनाए ।


गुरुङ भेषभुषामा सजिएर आएका युवायुवतीले शीरमाथि घाटु लगाएर नाचगान गर्नुका साथै संस्कृतिको जगेर्ना गर्न जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम गरी पर्व मनाइएको बताइएको छ ।
स्थानीय मंगलगढीचौकबाट ¥याली निकालेर बजार परिक्रमा पछि घण्टाघरमा कोणसभामा परिणत भएका थिए । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको हो । तमु संस्कृति अनुसार शनिवार खुशीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरी पर्व मनाइएको बताइएको छ । पुरानो च्ह्य ल्हो (चरा वर्ग) को बिदाई र नयाँ खी ल्हो (कुकुर वर्ग) को स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार मनाइएको हो ।

प्रकाशित मितिः   १६ पुष २०७४, आईतवार १६:१७