घरेलुहिंसा सम्बन्धी सचेतना

सुर्खेत, १३ पुस ।
महिलामाथि हुने घरेलु हिंसा सम्बन्धित एक दिने सचेतना कार्यक्रम बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत बिहीवार सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अधिवक्ता गीता कोईरालाले सहभागी महिलाहरूलाई प्रशिक्षण दिएकी थिइन् । सहभागीहरूले घरेलु हिंसा अन्त्य गर्नका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए । महिला तथा पुरुषलाई यसबारे सचेत गराउनुका साथै कानुनी रूपमा पनि यसको न्यूनीकरणका लागि पहल हुनुपर्ने सहभागीहरूको भनाइ थियो ।
सहकारीको महिला परिचालन उपसमितिका संयोजक रञ्जिता भारतीको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज कँडेल, सञ्चालक सदस्य राधा कार्की, शेरबहादुर केसी लगायतको सहभागिता रहेको महिला परिचालन समिति सदस्य सरिता भुषालले जानकारी दिइन् ।

प्रकाशित मितिः   १४ पुष २०७४, शुक्रबार १५:३३