सूचना आयोगद्वारा अनुगमन

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ पुस ।
जिल्लास्थित सरकारी कार्यालयमा सूचना प्रवाहको अवस्थाका बारेमा अनुगमन गरिएको छ । सूचना आयोगले वीरेन्द्रगरमा रहेका सरकारी कार्यालयमा मंगलवार अनुगमन गरेको हो । जनताले अपेक्षा राखेका सूचना कार्यालयले दिए÷नदिएको, सूचना प्रर्णाली, फल्यास वोर्ड, बेवसाईट तथा सूचना अभिलेखका विषयमा अनुगमन गरिएको आयोगका आयुक्त किरणकुमार पोखरेलले बताए ।
उनका अनुसार अनुगमनको क्रममा प्रभावकारी अभिलेख राख्ने कार्यालयमा जिल्ला जनस्वास्थ्य कार्यालय भेटिएको छ । सूचनाको हक बारे कार्यालयले राख्ने वडापत्रमा समावेश गर्न निर्देशन दिइएको छ । आयोगले मालपोत, जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि, जिल्ला जनस्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला समन्वय समिति, वन लगायत कार्यालयहरूको अनुगमन गरेको थियो ।
आयोगका आयुक्त पोखरेल, उपसचिव वेदनिधि अधिकारी र लेखा अधिकृत झलक शर्मा पौडेलसहितको टोलीले अनुगमन गरेको हो ।

प्रकाशित मितिः   १२ पुष २०७४, बुधबार १६:०३