बाह्र हजार घरधुरी लाभाम्वित

साझा बिसौनी संवाददाता
सुर्खेत, ११ पुस ।
सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित अनुकूलन परियोजनाबाट जिल्लाका १२ हजार घरधुरी लाभाम्बित भएका छन् । अगष्ट २०१५ देखि लागू भएको उक्त परियोजनाबाट जिल्लाका १५ गाविस (साविक) का १२ हजार एक सय ८७ घरपरिवार लाभाम्वित भएका हुन् ।
परियोजनाले जलवायु परिवर्तनको जोखिम, प्रभावित संकटासन्न र महिला तथा बालबालिकाको क्षेत्रमा काम गरेको थियो । परियोजना अन्तर्गत चार करोड ८० लाख ८४ हजार रूपैयाँ खर्च भएको बताइएको छ । परियोजना अन्तर्गत १० वटा कृषि उपज संकलन केन्द्रको निर्माण, तीन वटा सुगन्धित लेख प्रशोधन केन्द्र निर्माण, ४७ वटा बहुउद्देश्यीय खानेपानी आयोजना निर्माण, १० वटा सिँचाइ पोखरी निर्माण गरिएको संस्थाका कार्यकारी निर्देशक भुपेन्द्रप्रसाद कँडेलले बताए । उनका अनुसार तीन वटा तटबन्ध निर्माण, ९५ वटा बायोग्यास स्थापनाका लागि सहयोग गरिएको थियो ।
तातापानी, तरंगा, कुनाथरी, लेखगाउँ, गढी, हरिहरपुर र लेखगाउँ, छिञ्चु, सहारे, माारानी, धारापानी, मेहेलकुना, दहचौर, घुमखहरे, कुनाथरी, लेखगाउँ, हरिहरपुर, खानीखोला र बजेडीचौरमा परियोजना लागु भएको थियो । संस्थाका कोषाध्यक्ष माया सापकोटाको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति छविलाल सिग्देल, लगायत जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मितिः   १२ पुष २०७४, बुधबार १६:०१