एसएमएस बैंकिङ्ग सेवा सुरु गर्दै प्राइम
सुर्खेत, १० पुस ।
प्राइम बहुउद्देश्यीय सहकारी संस्थाले एसएमएस बैंकिङ्ग सेवा सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ भित्रै एसएमएस बैंकिङ्ग सेवा सञ्चालनमा ल्याइने सहकारीले जनाएको छ ।
संस्थाको सोमवार वीरेन्द्रनगरमा सम्पन्न १७ औं वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार सहकारीको स्तरोन्नति, सेवा विस्तार र सेवाग्राहीहरूको मागलाई मध्यनजर गर्दै एसएमएस बैंकिंग सेवा सुरु गर्न लागिएको हो । संस्थाले आफ्नो आगामी नीति तथा कार्यक्रममा यसलाई समेटेको छ ।
त्यसैगरी जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा सेवा केन्द्र विस्तार गर्ने, संस्थाको पूँजी वृद्धि गरी यसै आर्थिक वर्षभित्र आठ करोड शेयर पूँजी पु¥याउने, संस्थाको कूल कारोबार एक अर्ब ४७ करोड दस लाख पु¥याउने लक्ष्य सहकारीले लिएको छ । संस्थाको सेवा केन्द्रहरूमा रकम राख्न, झिक्न वा स्थानान्तरण सुविधालाई निःशुल्क बनाउने, ऋण लगानीलाई विविधिकरण र सशक्त बनाउने, कृषि, शिक्षा, स्वास्थ्य तथा आय–आर्जनका कार्यक्रममा लगानी वृद्धि गर्ने लगायतको योजना सहकारीले अघि सारेको छ ।
सहकारीले आर्थिक वर्ष २०७२÷०७३ को भन्दा २०७३÷०७४ मा २१ करोड ७० लाख भन्दा बढी कारोबार गर्दै एक अर्ब ३३ करोड ८८ लाख ८९ हजार रूपैयाँ कूल कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष भुषणकुमार मानन्धरले जानकारी दिए । त्यसैगरी गत वर्ष विभिन्न बचतखातामार्फत ८३ करोड पाँच लाख ९८ हजार रूपैयाँ बचन संकलन भएको छ भने अघिल्लो वर्षकोभन्दा एक करोड १० लाखले वृद्धि गरी सात करोड १८ लाख ८५ हजार रूपैयाँ शेयर पूँजी पु¥याइएको छ । ३४ करोड ३६ लाख २४ हजार रूपैयाँ कर्जा लगानी भएको अध्यक्ष मानन्धरले जानकारी दिए ।
गतवर्ष संस्थाले विभिन्न शीर्षकमार्फत् ६ करोड १३ लाख ९८ हजार रूपैयाँ नाफा आर्जन गरेको छ । संस्थाले व्यवसायिक कर्जा, हायरपर्चेज कर्जा, कृषि, हाउजिंग, व्यक्तिगत लगायतका कर्जा प्रवाह गरेको छ । वि.सं. २०५७ सालमा स्थापना भएको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका दुई हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।
साझा बिसौनी संवाददाता ।