सुर्खेतमा पुरातात्विक सम्पदाहरूको प्रदर्शनी
सुर्खेत, ९ पुस ।
अमरज्योती नमूना माध्यामिक विद्यालय नेवारे कक्षा १० मा अध्ययनरत विपना थापाले भक्तपुर दरबारबारे कितावमा पढ्दै आएकी थिइन् । पुस्तकका पानामा मात्रै फोटो देखेकी थापाका लागि भक्तपुर दरबार अवलोकन गर्ने इच्छा अधुरै थियो ।
थापाको अधुरो इच्छा पूरा भएको छ, वीरेन्द्रनगरमा सुरु भएको फोटो प्रदर्शनी मेलाबाट । ‘किताबमा भक्तपुर दरबारको इतिहास कति घोकियो–घोकियो । उनले भनिन्, ‘दरबारको बारेमा बुझ्ने र अवलोकन गर्ने वर्षैदेखिको इच्छा आज पुरा भयो ।’ भक्तपुर दरबार मात्रै होइन् देशभरका धार्मिक तथा पर्यटकीय सम्पदाहरूको बारेमा अवलोक गर्न पाएकोमा उनले खुशी व्यक्त गरिन् । विद्यालयको शैक्षिक कार्ययोजना अनुसार लुम्बिनीको मायादेवी, वुद्धको जन्मस्थलको भ्रमण गरेकी उनले मेलाबाट ७५ जिल्लाका सम्पदाहरूको अवलोक गर्ने अवसर मिलेको बताइन् । विद्यालयबाट वर्षको एक पटक जाने शैक्षिक भ्रमणमा सहभागी नभएका नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा ८ मा अध्ययनरत असिम माझीले मेलाबाट देशभरका सम्पदाको अवलोक गरेको बताए ।
विद्यालयबाट वर्षमा गरिने शैक्षिक भ्रमणले सीमित पर्यटकीय स्थल अवलोकन गर्ने विद्यार्थीले महŒवपूर्ण सम्पदाहरूको अवलोकन मेलाबाट गर्न पाएका छन् । उक्त शैक्षिक फोटो प्रदर्शनीमा करिब ७५ वटा धार्मिक तथा पर्यटकीय सम्पदाहरूको फोटो राखिएको छ । मेलाबाट किताबी ज्ञानमा पढेका र सुनेका थापा र माझी जस्ता हजारौं विद्यार्थीले देशभरका धार्मिक सम्पदाको अवलोक गर्न पाएका छन् । मेलाबाट विद्यार्थीहरूले पुस्तक तथा प्रचार–प्रसारको ओझेलमा रहेका सम्पदाहरू देख्न पाएका छन् । अम्मरज्योति मावि नेवारेका सामाजिक विषय शिक्षक सुन्दरमान श्रेष्ठले विद्यार्थीका लागि अवसर भएको
बताए । ‘किताबी ज्ञानले मात्रै विद्यार्थीलाई दक्ष बनाउँदैन’ उनले भने ।
आइतवारदेखि सुरु भएको मेलामा करिब दुई हजार जना दर्शकले अवलोकन गरेका छन् । पुरातत्व विभागको वार्षिक कार्यायोजना अनुसार आयोजना गरिएको उक्त मेलामा पुरातात्विक, ऐतिहासिक एवम् धार्मिक महŒवका मठ मन्दिर, पाटी–पौवा, गुम्बाहरूको फोटो प्रदर्शनीमा राखिएको छ । पुरातत्व विभागका अधिकृत संदिप खनालले प्रदर्शनीमा अवलोकका लागि निःशुल्क व्यवस्था मिलाइएको बताए । उनका अनुसार अवलोक गर्न आउनेहरूको घुइँचो नै लागेको छ ।
साझा बिसौनी संवाददाता ।