फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

एजेन्सीः विश्व फूटबल संघ ९फिफा० बरियातामा सुधार गर्दै नेपाल ६ स्थानमाथि उक्लिएको छ ।  गत महिना १८५ औँ स्थानमा रहेको नेपाल यो महिना ६ स्थान माथि उक्लँदै १७९ स्थानमा आईपुगेको हो  
फिफाले बिहीबार सार्वजनिक गरेको बरियातामा नेपाल ठूलो सुधार गरेको हो । बरियातमा ८० अंक प्राप्त गर्दै नेपाल ६ स्थानमाथि उक्लिएको फिफाले जनाएको छ । 
दक्षिण एसियाली मुलुकमा नेपाल भन्दा माथि अफगानिस्तान, माल्दिभ्स, भारत र बंगलादेश रहेका छन् । अफगानिस्थान १४७ औँ स्थानमा छ भने माल्भ्सि १६०, भारत १६२ र बंगलादेश १७७ औँ स्थानमा छन् । 
भुटान, श्रीलंका र पाकिस्तान भने नेपाल भन्दा तल छन् । भुटान १८६ औँ स्थानमा छ भने श्रीलंका १८७ र पाकिस्तान १९० औँ स्थानमा छ । 
फिफा बरियताको पहिलो स्थानमा अर्जेन्टिना रहेको छ । स्पेन छैठौँ स्थानमा छ भने ब्राजिल ७ औँ स्थानमा छ ।