सरकार परिवर्तन आवश्यक छैन र सम्भव पनि छैन : उपाध्यक्ष ज्ञवाली

सुर्खेत, २६ चैत । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले सरकार परिवर्तन गर्न आवश्यक नभएको र त्यो सम्भव पनि नहुने बताएका छन् । प्रेस चौतारी नेपाल सुर्खेतले आज विहान सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले सरकार परिवर्तनको कुरा केवल हल्ला मात्रै भएको बताए ।
सरकारले थुप्रे राम्रा काम गरिरहेको भन्दै ज्ञवालीले भारतले लगाएको नाकाबन्दी वर्तमान सरकारकै पहलमा खुलेको समेत  जिकिर गरे । चिनसँग विभिन्न महत्वपुर्ण सहमति गर्नु पनि यो सरकारको उपलब्धि भएको उनको दावी छ ।
नेपालप्रति हेर्ने भारतको नीति र दृष्टिकोण सकारात्मक नभएको भन्दै उपाध्यक्ष ज्ञवालीले तत्काललाइ नाकाबन्दीको समस्या टरेपनि भारतलाइ पुर्ण भरोसा गर्न नसकिने बताए ।