स्थापना दिवसमा सरसफाइ

सुर्खेत, १ जेठ । (साबिस)
यूथ फर चिल्डे«न, कालागाउँ शाखाको स्थापना दिवसको अवसरमा शनिवार वीरेन्द्रनगर–१८ उत्तरगंगास्थित जलेश्वरधाम मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । यूथ फर चिल्ड्रेनका अध्यक्ष विनोद कँडेल, जलेश्वरधाम मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष वासुदेव आचार्य, समाज सुधार बचत तथा ऋण समितिका प्रतिनिधि, त्रिपुरेश्वर उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू, नवकोपिला बाल क्लबका सदस्यहरूसहित करिब ३५ जनाको समूहले सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
उत्तरगंगा मन्दिर परिसरमा खानेपानी तथा नुहाइ धुवाइका लागि दैनिक रूपमा सयौं मानिसहरू जाने गरेको तर सरसफाइको अवस्था झन् खस्कदै गइरहेको जनगुनासो आएपछि मासिक कार्यतालिका तथा स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम आयोजन गरिएको हो ।

प्रकाशित मितिः   २ जेष्ठ २०७३, आईतवार ०८:५०