आगलागी पीडितलाई सहयोग


सुर्खेत, १४ मंसिर ।
गत कार्तिक २२ गतेको आगलागीबाट पीडितलाई राहत रकम हस्तान्तरण गरिएको छ । नेपाल औषधि व्यवसायी संघ सुर्खेतले एक कार्यक्रमकाबीच बिहीवार रोशन ड्रग हाउसका सञ्चालक रोशन तिवारीलाई रहात रकम हस्तान्तरण गरेको हो ।
वीरेन्द्रनगरस्थित व्यवसायीहरूबाट संकलन गरेको राहात रकम हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष प्रेमबहादुर भण्डारीले औषधि पसलका सञ्चालक तिवारीलाई तीस हजार रूपैयाँको चेक हस्तान्तरण गरेका थिए । संघले औषधि व्यवसायीहरूको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको भण्डारीले बताए ।
उनले व्यवसायीलाई आपत्त विपत्त परेको बेलासमेत आवश्यक सहयोग गर्दै जाने जानकारी दिए । उक्त आगलागीबाट करिब दुई करोड बराबरको औषधि, फर्निचरमा क्षति पुगेको बताइएको छ ।