गोर्खाजको शाखा सुर्खेतमा

सुर्खेत, १४ मंसिर ।
गोर्खाज फाइनान्स लिमिटेडको १९ औं शाखा सुर्खेतमा उद्घाटन गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बिहीवार एक कार्यक्रमकाबीच शाखा उद्घाटन गरेका हुन् ।
गोर्खाजले वाणिज्य बैंकहरूले दिने सबै खालका सेवाहरू प्रदान गरिने व्यवस्थापक अध्यक्ष महेन्द्रलाल राईले जानकारी दिए । शाखा प्रबन्धक तपबहादुर खड्काकाअनुसार आधुनिक बैकिङ प्रणाली अनुसार गोर्खा आर्मीमा कार्यरत गोर्खा गु्रपका लागि विभिन्न सेवा प्रदान गरिनेछ ।