क्षमता विकास तालिम

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
नेपाल मगर संघ सुर्खेतको आयोजनामा एकदिने क्षमता विकास तालिम सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा मगर संघमा आवद्ध पदाधिकारीहरू तथा मगर अगुवाहरूका लागि एक क्षमता विकास तालिम सम्पन्न भएको हो ।
नेपाल मगर संघ ललितपुरका कोषाध्यक्ष तथा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले र सम्राट थापामगरले तालिमको सहजीकरण गरेका थिए । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष आशुराम सोमै मगर र सिद्धार्थ सञ्चार सहकारी संस्थाका अध्यक्ष दीपबहादुर रानाले तालिममा सिकेका कुराहरूलाई व्यवहारिक जीवनमा लागू गर्न सहभागीहरूलाई आग्रह गरे । उक्त क्षमता विकास तालिममा ८५ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २ जेष्ठ २०७३, आईतवार ०८:४६