कोपिला माविको वार्षिकोत्सव

साझा बिसौनी संवाददाता
सुर्खेत, १ जेठ ।
कोपिला माध्यमिक विद्यालय पर्सेनीको ५१ औं वार्षिकोत्सव तथा अभिभावक भेला शनिवार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर शाहीको सभापतित्व एवम् जिल्ला शिक्षा कार्यालय सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी ध्रुवराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिद्धिखर रेग्मीले विद्यालयको प्रगति प्रतिवेदन तथा लेखा शिक्षक देवकुमार वलीले आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
त्यसैगरी विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको छ । त्यस्तै शिक्षक तथा अभिभावकहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । विभिन्न नृत्य, गीत, नाटक लगायतका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २ जेष्ठ २०७३, आईतवार ०८:४५