‘मैले दुई कक्षा पढ्दैपढिन’

मेरो जन्म तत्कालीन उत्तरगंगा गाविसको मुलपानीमा भएको हो । त्यसबेलामा गर्मी मौसममा गढीमा बसाइँ हुन्थ्यो, असोजदेखि माघ महिनासम्म उपत्यकामा बसाइँ हुन्थ्यो । बुबाआमाले कृषि र व्यापार गर्नुहुन्थ्यो । मेरो बाल्यकाल कहिले मल्लकाँडामा बित्यो भने कहिले मुलपानीमा बित्यो । मैले कक्षा १ ढोडेखालीको त्रिपुरेश्वर माविमा पढें । त्यसबेलामा अहिलेको जस्तो विद्यालयहरू थिएनन् । हामीले खेतको आलिमा बसेर पढ्थ्यौं । अहिले पनि त्यो दृश्य झलझली आँखा वरिपरि आउँछ । म पढाइमा सबै भन्दा राम्रो नम्बर ल्याएकै कारण एकै पटक कक्षा तीनमा पढ्न पाएँ । खेतकै आलिमा बसेर पढिरहँदा सरले राम्रो नम्बर ल्याइस, दुई नपढिकन कक्षा तीनमा पढ्न पाउने भइस भन्दा धेरै खुशी भएको थिएँ । त्यो खुशीको क्षण अहिले पनि सम्झदा घत लागेर आउँछ । मैले ३ कक्षा र चार कक्षा आशा अमर विद्यालयमा पढे । अहिले त्यो विद्यालय छैन । त्यसबेलामा विद्यालय हिलेखालीमा थियो । चार कक्षासम्म त्यहाँ पढेपछि पब्लिक हाई स्कुल अहिलेको जन उच्च माविमा पढें । मैले उक्त विद्यालयबाट एसएलसी गरेकी हुँ ।


हामीले पढ्ने बेलामा धेरै केटी साथीहरू हुन्थेनन् । पढ्ने ५÷६ जना केटी साथीहरू हुन्थ्यौं । त्यसबेलामा अहिलेको जस्तो केटाकेटी खुलेर बोल्ने हुँदैन्थ्यो । केटी भएपछि केटाहरूले गर्ने काम, खेल्ने खेल खेल्दैन्थे । तर मेरो स्वभाव त्यस्तो थिएनन् । म केटा साथीहरूसँग खेल्थें । मलाई सर्टपाइन्ट लगाउन मनपथ्र्यो । म विद्यालयमा पढ्दा खेलकुदमा राम्रो थिएँ । हाइजम्प, लङ्गजम्प, दौड, व्याटमिन्टन खेल्ने गथें । मैले खेलमा जितेर धेरै पटक पुरस्कार पाएको छु । साथीहरूसँग कहिले डन्डीबियो, कपर्दी पनि खेल्थें । धेरै रमाइलो हुन्थ्यो । साथीहरू जम्मा भएर खेल खेल्दा । सानो छँदा मेरो साथी लक्ष्मी खड्का हुनुहुन्थ्यो । उहाँले र मैले सायद सुर्खेतमा पहिलो पटक होला साइकल चलाएको । हामी दुईले साइकल चलाएर देउतीबज्यै पु¥याएको थियौं । त्यसबेला कसैले नगरेको काम हामीले ग¥यौं भनेर खुशीको सीमा नै थिएन । खुब खुशी भएका थियौं ।
गाउँमा बस्नेबेलामा पानी लिन खोला जानुपथ्र्यो । मल्लकाँडामा बस्ने बेलामा पानीको दुःख थियो । अहिले त घरघरमा धारा छन् । त्यसबेलामा पानी लिन राती तिन बजे उठ्नुपथ्र्यो । तीन घण्टा कुरेर पानी भर्ने पालो आउँथ्यो । हामी मल्लकाँडाबाट पानी लिन जरेपानी भन्ने ठाउँसम्म जाने गर्दथ्यौं । डोकोमा गाग्री राखेर बोकेर हिँडेको त्यो दुःखदायी याद अझै पनि आउँछ । महिलाहरूको लाइन धेरै हुन्थ्यो । राती तिन बजे पानी लिन गएर बिहान सात÷आठ बजे पानी लिएर घर आउनुपथ्र्यो । ती काहालिलाग्दा दिनहरू सम्झदा अझै पनि दुःख लाग्छ । उपत्यकामा बसाइँ सरेर आउँदा पानी लिन गणेशचौकको धारमा जान्थ्यौं । पानी भर्न जाँदा पालो नआउँदा झगडा हेर्नु पथ्र्यौं ।
एक पटक सानो छँदाको रमाइलो पल छ । भाई र म बजार पढ्न आउथ्यौं । मलाई केही चाहिन्छ भने पछि जसरी पनि चाहिन्थ्यो । एक दिन भाइ र म पढेर घर फर्किने बेलामा बाटोमा एउटा पोखरी थियो । म प्रायः पाइन्ट सर्ट लगाउँथे । त्यसदिन भाइले मेरो पाइन्टसर्ट लगाएको थियो । हामी त्यही पोखरीमा पौडी खेल्यौं । कपडा हिलो–हिलो भएपछि भाईले उसले कपडा मलाई लैजा भन्यो मैले मानिनँ । उसले उताबाट कपडा फाल्ने मैले यताबाट फाल्ने गरिरह्यौं । पछि हामीले त्यो कपडा त्यही छोडेर गयौं ।
कक्षा एकबाट एकैचोटी तिन कक्षामा पढेपछि एसएलसीसम्म म कहिले पनि फेल भइनँ । पछि एसएलसीमा फेल भएँ । त्यसबेलामा १० विषय पढ्नुपथ्र्यो । त्यतिबेलामा एक विषय लागेपछि पुरक पर्ने भन्ने हुन्थेन । फेरि अर्को वर्ष कुरेर सबै विषय दिनुपर्ने हुन्थ्यो । एउटा मात्र भूगोल विषय लागेर म एसएलसीमा फेल भएँ । त्यसबेलामा सारै नरमाइलो लाग्यो । त्यसपछि फेरि मेहेनत गरेर पढेर अर्को वर्ष एसएलसी दिएर पास भएँ ।
सानो छँदा मलाई कसैले दमन गरेको, हेपेको मन पर्दैनथ्यो । म कसैसँग डराउँदैनथें । अन्यायको विरुद्धमा बोलिहाल्ने मेरो सानैदेखिको स्वभाव थियो । कसैले मेरो साथीहरूलाई अन्याय ग¥यो भने म बोलिहाल्थें । म सानैदेखि कसैलाई सहयोग गर्न अघि सर्थें । म मेरो आमाको प्रेरणाले यो स्थानसम्म आइपुगेकी हुँ । मेरो आमा धार्मिक हुनुहुन्थ्यो । उहाँ समाजिक कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो । त्यस कारण पनि म सामाजिक कार्य तिर आर्कषित हुन्थें । आमाले छोरी भएर केही गर्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो । उहाँले कहिले पनि छोरी भएर यो काम गर्नुहुन्न भनेर भन्नु भएन । त्यसबेला गाउँ–गाउँमा महिलाहरूको सशक्तीकरणको लागि महिला प्रशिक्षण कक्षाहरू हुन्थे । तत्कालीन नेपाल महिला संघका अध्यक्ष चम्फाकली वलीले महिलाहरूलाई प्रशिक्षण दिएको देख्दा म पनि भविष्यमा उहाँ जस्तै व्यक्ति बन्छु भन्ने सोच्थें । उहाँले महिलाहरू पनि अघि पढ्नुपर्छ, समाजिक कार्यमा सक्रिया हुनुपर्छ भनेर प्रशिक्षण दिनुहुन्थ्यो । त्यस बेलामा म पनि उहाँ जस्तै बन्ने सपना देख्थे ।
राजनीतिमा म विशेष गरेर बहुदल आएपछि आवद्ध भएको हुँ । शिक्षक संगठन हुँदै महिला संगठन र पार्टीमा आवद्ध भएको हुँ । अहिले म नेपाल महिला संघ सुुर्खेतको अध्यक्ष पनि छु । यस प्राकृतिक स्रोत संरक्षण, स्काउटमा छु । मैले ३६ वर्ष शिक्षण पेशा गरें । दुई वर्षअघि राजनीति गर्नका लागि शिक्षण पेशामा राजिनाममा दिएको हुँ । अहिले प्रदेशसभा सदस्यका लागि नेपाल कांग्रेसकोतर्फबाट समानुपातिक उम्मेदवार भएकी छु । बाल्यकाल रमाइलोसँग नै बित्यो । अभिभावकले आफ्ना छोरीछोरी कहाँ जान्छन् के गर्छन् र उनीहरूको रुचि के छ भनेर बुझ्न जरुरी छ । र बालबालिकाले मैलेपछि समाजका लागि केही गर्नुपर्छ भनेर सही बाटोमा लाग्न सुझाव दिन्छु ।