भोट माग्दै घरदैलोमा

सुर्खेत, १ मंसिर ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको संयुक्त वाम गठबन्धनले बिहीवार पनि दिनभर दुईवटै निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा निर्वाचन अभियानलाई निरन्तरता दिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका अन्तर्गत वडा नम्बर १२ मा घरदैलो अभियान गरेको छ ।

अभियानमा गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकाहरूले आफ्ना प्रतिबद्धतासहित मत हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रमपछि गठबन्धनले पिपिराचौकमा कोणसभा गरेको छ । कोणसभामा एमाले पोलिट्ब्यूरो सदस्य एवम् प्रदेशसभा सदस्य पदका उम्मेदवार यामलाल कँडेलले मुलुकको समग्र विकासका लागि वामपंथीलाई जिताउन आग्रह गरे ।

आफूहरूले जितिसकेको भन्दै अब घोषणा गर्न मात्र बाकी रहेको नेता कँडेलले दावी थियो । उनले जनता झुक्याएर भोट नमाग्न नेपाली कांग्रेसलाई चेतावनी दिए । कोणसभामा सुर्खेत प्रतिनिधिसभा २ का साझा उम्मेदवार नवराज रावतले समृद्ध र सबल प्रदेश निर्माणका बामपंथी उम्मेदवारहरूको विजयी हुन आवश्यक रहेको जिकिर गरे ।

प्रकाशित मितिः   २ मंसिर २०७४, शनिबार १४:०९