प्रदेशस्तरीय मिडिया सेन्टर स्थापना
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ कार्तिक ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई सघाउन सुर्खेतमा मिडिया सेन्टर स्थापना गरिएको छ । नेपाली कांग्रेस सुर्खेत र कांग्रेस निकट नेपाल प्रेस युनियनले मिडिया सेन्टर स्थापना गरेका हुन् ।
मिडिया सेन्टरबाट कांग्रेसका योजना, रणनीति, घोषणापत्रसहित उसका नीति र विचारहरूलाई प्रचार प्रसार गर्ने, उम्मेदवारहरूको एजेण्डालाई मतदातामाझ पु¥याउन भूमिका निर्वाह गर्ने लगायतका काम गर्ने गरी प्रदेश नं. ६ स्तरीय मिडिया सेन्टर स्थापना गरिएको कांग्रेस सुर्खेतले जनाएको छ । नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सोमवार सेन्टरको उद्घाटन गरेका हुन् ।
सेन्टरको संयोजकमा पत्रकार श्रीधर पौड्याल र सह–संयोजकमा प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा तथा युनियनका पूर्व उपाध्यक्ष रमेश शाही रहेका छन् । मिडिया सेन्टरको उद्घाटन गर्दै रेग्मीले कांग्रेसका जनपक्षीय कामहरूलाई ऊजागर गर्दै आम नागरिकमाझ पु¥याउन मिडिया सेन्टरलाई सुझाव दिए । उनले कांग्रेस उम्मेदवारहरूलाई जिताउनका लागि प्रेस युनियनमा आवद्ध पत्रकारहरूको भूमिका महŒवपूर्ण रहने हुँदा निर्वाचनसम्म अहोरात्र खटिन पनि सुझाव दिएका छन् ।
मिडिया सेन्टरका संयोजक पौड्यालले मिडिया सेन्टरबाट कांग्रेस उम्मेदवारहरूको समाचार केन्द्रका साथै जिल्ला तहमा पनि प्रचार–प्रसार गरिने बताए ।
साझा बिसौनी संवाददाता ।