नयाँ शक्तिको एजेण्डा सुर्खेतमा केवलकार सञ्चालन
साझा बिसौनी संवाददाता
सुर्खेत, २८ कार्तिक ।
नयाँ शक्ति पार्टी सुर्खेतले सुर्खेतलाई प्रदेश नं. ६ को राजधानी बनाउनुका साथै व्यवस्थित र हराभरायुक्त सहर बनाउने प्रतिबद्धता जनाएको छ । आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्दै नयाँ शक्तिले यस्तो प्रतिबद्धता जनाएका हो ।
मंगलवार एक प्रेस विज्ञप्तीमार्फत् नयाँ शक्तिले आफ्ना एजेण्डाहरू सार्वजनिक गर्दै आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफ्ना पक्षमा मतदान गर्न मतदाताहरूलाई अपिल गरेको छ । नयाँ शक्तिले वीरेन्द्रनगरबाट सिद्धापाईलासम्म केबलकार जडान गर्न सम्भावित अध्ययन यथाशीघ्र थालिने, ६ नं. प्रदेशको राजधानी सुर्खेतलाई व्यवस्थित सहरीकरण गरी हराभरायुक्त सहर बनाइने, का“क्रेविहार, पञ्चदेवल ज्वाला, चन्दननाथ ऋण मोक्ष, गंगामाला देउतीबज्यै जस्ता सांस्कृतिक सम्पदा र मौलिक कला वस्तुको संरक्षण र प्रबद्र्धन गरिने, वेतान कर्णाली जलविद्युत आयोजनामा स्थानीयलाई शेयर ग्यारेन्टी गरिने लगायतका प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी बराहताल, चमेरे गुफा, बुलबुले ताल, कोटको थुम्को जस्ता प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यटन प्रबद्र्धन गरिने, बाढीले विस्थापित घरपरिवारलाई एक वर्षभित्र पुनस्र्थापना गरिने, अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल छिन्चु मदानीचौरलाई मानी यथाशीघ्र निर्माण गर्न पहल गरिने, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पताल बनाइ सुविधा सम्पन्न तीन सय शैयामा स्तरोन्नति गरिने, विदेशिएका युवाहरूलाई लक्षित गरी प्रत्येक गाउ“पालिका र नगरपालिकामा कटेज उद्योग स्थापना गरी लगानी केन्द्रित गर्ने नीति बनाइने विज्ञप्तीमा उल्लेख छ ।
पश्चिम सुर्खेतलाई विद्युतको राष्ट्रिय प्रशारणलाईनमा जोड्न पहल गरिने, चौकुने सिमेन्ट कारखाना यथाशीघ्र सञ्चालनमा ल्याइने, रत्न राजमार्गलाई फोर लेन गराई कालोपत्रे गरिने, बड्डिचौर–बेनीघाट सडकलाई ७ नं. प्रदेशस“ग जोड्ने गरी कर्णाली नदीमा पक्की पुल निर्माण गरिने, बेरोजगार युवाहरूलाई निःशुल्क सीपमूलक तालिम र भत्ताको व्यवस्था गरिने, सुर्खेतलाई पर्यटनको गेटवेको रूपमा विकास गरिने लगायतका योजना पनि नयाँ शक्ति पार्टीले सार्वजनिक गरेको छ ।
साझा बिसौनी संवाददाता ।