संवाददाता थापाको बिदाई

सुर्खेत, २६ कार्तिक ।


यस दैनिकका संवाददाता गीता थापालाई बिदाई गरिएको छ । स्नातकोत्तर अध्ययनका लागि काठमाडौं जाने भएपछि थापालाई आइतवार एक कार्यक्रमका बीच बिदाई गरिएको हो । थापा यस दैनिकमा विगत तीन वर्षदेखि कार्यरत थिइन् । कार्यक्रममा यस दैनिकका प्रकाशक गोपी अधिकारीले थापालाई शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । यस्तै सम्पादक ललितबहादुर बुढाले दैनिकमा आवद्ध भएदेखि संवाददाताको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकोमा आभार व्यक्त गरे ।
यस दैनिकमा रहँदा थापाले नियमित समाचारका साथै जीवनसाथी र साझा जनमत लगायतका स्तम्भहरू लेख्दै आएकी थिइन् । बिदाईपछि थापाले आफूले यस दैनिकमा रहँदा पत्रकारिताको धेरै ज्ञान हाँसिल गर्न पाएको भन्दै यस दैनिकप्रति आभार व्यक्त गरेकी थिइन् । उनले मप विश्वविद्यालयबाट आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातक गरेकी हुन् ।

प्रकाशित मितिः   २७ कार्तिक २०७४, सोमबार १६:५०