बियरको बोत्तलले हानी सासूको हत्या

जाजरकोट, २५ कार्तिक ।
भेरी नगरपालिका १ रिम्नामा एक बुहारीले बियरको बोत्तलले हिर्काउर सासूको हत्या गरेकी छन् । रिम्नाकी २७ बर्षीया भवानी रानाले ४५ वर्षीया सासू लाई कन्चटमा हिर्काएर हत्या गरेकी हुन् ।

घट्ट बेचेको रकमको विषयलाई लिएर सासूबुहारीबीच विवाद भएको थियो । विवादका क्रममा भवानीले बियरको बोत्तलले कन्चटमा हानेर सासूको हत्या गरेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । हत्यामा संग्लग्न भएको आरोपमा भवानी र मृतकका पति दुधबहादुरलाई नियन्त्रणमा लिएको उनले बताए ।                                                                        (कान्तिपुरबाट ।)

प्रकाशित मितिः   २५ कार्तिक २०७४, शनिबार १८:२२