वित्तिय साक्षरता सम्बन्धि गोष्ठी

सुर्खेत, २४ कार्तिक ।
सहकारीमा आवद्ध शेयर सदस्यका लागि एक दिने वित्तिय साक्षरता गोष्ठी सम्पन्न भएको छ । यूएसए आईडिको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन, सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम(पहल) अन्तर्गत वित्तिय गोष्ठी भएको हो ।

गोष्ठीमा क्षेत्रीय सहकारी डिभिजन कार्यालयका प्रमुख देवीप्रसाद पौडेलले सहकारीको नयां ऐन सहित नयां संरचनामा सहकारी डिभिजन कार्यलयको काम, कर्तव्यका बारेमा जानकारी दिएका थिए । राष्ट्रिय सहकारी बैकंकका केन्द्रीय सदस्य हरिहरनाथ योगीले गाँउ स्तरमा संचालित सहकारीहरुको वित्तिय संस्थासम्मको पहुचका बारेमा जानकारी गराए ।

सुर्खेत जिल्ला पहल कार्यक्रम लागु भएका साविकका लेखपराजुल, नेटा, रजेना, रानिवास, काफलकोट र धारापानी गाउँविकास समितिमा रहेका सहकारीका पदाधिकारी र वित्तिय साक्षरता सहजकर्ताहरुको सहभागिता रहेको बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठले जानकारी दिए । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाश भुषालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २४ कार्तिक २०७४, शुक्रबार १९:३०