तातोपानीमा नुहाउँदै, कोदारी छहरा हेर्दै

पृथ्वीबहादुर सिंह
खेतीपाती गर्दा बिहानदेखि जाँड खाने बानी बस्यो । उहाँको कुराले मेरो मनलाई छोयो । आजकालका युवाहरू कोही पनि खेतीपाती पशुपालन गर्न मन नपराएर बरु सानो तिनो व्यापार वा भाडाको कमाइले बढी कमाइ हुन्छ, वर्षदिन खेतीपाती गर्ने जमिनहरू तिते पाती उम्रन थालेको छन् । वस्तुभाउ चराउने खर्कहरू उजाड छन् । मेरो देश हिमाल पहाडदेखि तराईसम्म अनेकौं प्रकारका व्यवसायी उत्पादन हुने जैविक विविधपूर्ण भूमि छ । सामन्ती भू–स्वामित्वलाई वैज्ञानीकरण गरेर व्यवसायी खेती पशुपालनतिर राज्यले कुनै पहल गरेन । अब गुजरामुखी खेतीले हाम्रो आवश्यकता पूरा हुँदैन । व्यक्तिको पहलले कतै–कतै सफल भए पनि मूल रूपमा राज्यले दीर्घकालीन नीति ल्याउनुपर्छ । युवा जनशक्ति यहीको भूमिमा श्रम खर्चनुपर्छ, तब मात्र हामी कृषिक्रान्ति गर्न सफल हुनेछौं । हाम्रा युवाहरू विदेशमा भाडामा जाने क्रमको अन्त्य हुनेछ । आज देश व्यापी घरेलु मदिरा प्रायः नेपाली सेवन गर्दछन् । जनजाति र दलितहरू त झनबिहानको खाजासँगै सानो उमेर हुँदा नै खाने गर्छन् । हिजोका सामान्तहरूले यी जातिहरूलाई मदिरा पिउने जातिको रूपमा स्थापित गराए । त्यो परम्पराले देशनै बिरामी परेको छ । मदिरा खाँदै नखाने संसारको कुनै मुलुक छैन होला ?
विकशित मुलुकहरूले फलफूलबाट प्रशोधित मदिरा खान्छन् स्वास्थ्यको लागि त्यति हानिकारक हुँदैन । निश्चित उमेर पुगेपछि राज्यले खाने अनुमति दिन्छ । हाम्रो त राजधानीका गल्लीहरूमा घरेलु निम्न कोटीको मदिरा उत्पादन हुन्छ, राज्य टुलुटुलु हेरिरहन्छ । त्यही सीको देशभरी फैलिएको छ । यस्तै विकृतिहरूले त नेपालीहरू भाडाका सिपाइ मजदुर भएर बहादुर बनी संसार भर छरिएका छन् । यता घरमा बस्नेहरू अनेकौं रोगले ग्रस्त ५० वर्ष नकाट्दै स्वर्गको टिकट काट्छन् । हाम्रा प्रोहितहरू कलाकार साहित्यकर्मीहरू अहिले पनि नयाँ दिशा निर्देश गर्नु भन्दा परम्पराको समीक्षामा लागेर देशले उन्नतिको फट्को मार्न सकेको छैन । भाटेकाशीमा उल्र्लेका भुल्कासँग मनका भावनाहरू उर्लेर आउँदा लामा भाइसँग परिचर्चा गरियो । हाम्रो गफ सुनेर यात्रुहरू पनि बकुल्लो ले माछा ढुके जस्तै स्तब्ध भएर सुनिरहेका थिए । हाम्रो बस भोटेकोशी किनार हुँदै उकालो चढिरहेको थियो । बाह्र बजे हिन्दी पुगियो । त्यहाँ सानो बजार घरहरू पक्की ठूल्ठूला थिए । आधा घण्टापछि झिपुपावर हाउस देखियो । यो सुनकोशी भोटेकोशीका धेरै स्थानमा विद्युत उत्पादन गरिएको
रहेछ । हाम्रो मुलुक कुनै समयमा हिमाल पहाड भएको हुँदा विकासको लागि दुर्गम मानिन्थ्यो । समाज विकासको क्रम अगाडि बढ्दा प्राकृतिले हरेक स्थानको विकास गर्नसक्ने हो भने बहुमूल्य सम्पदा दिएको हुनेरहेछ । त्यसको लागि राज्यले निश्चित नीति नियम मानवीय चेतना विकाश गरेर श्रम आफ्नै भूमिमा खर्चनु पर्दोरहेछ ।
कुनै समयमा अरवको तातो बालुवामा मानव जीवन कठिन जिरहेका थिए । आज त्यहाँ बालुवामुनीको तेलको खानीहरूले धनी बनेकाछन् । बालुवामा माटो बिछाएर वैज्ञानिक तरिकाले व्यवसायी खेती उत्पादनले इजराइलीहरू सुखी सम्पन्न हुन पुगेको छन । के हाम्रो नेपाल अनेकौ प्रकृति विसमता भरिपूर्ण छ । त्यसलाई वैज्ञानिक अनुसन्धान गरी मानवीय श्रम लगाउने हो भने मेरो देश सम्पन्न हुँदैन भन्ने सोचसम्म मलाई लाग्दैन । याहाँ भोटे कोसीजस्ता हजारौं हजार नदी खोला तालहरूबाट हजारौं हजार वाड बिजुली उत्पादनले मात्र कति आम्दानी लिन सकिने अहिले दखिने स्रोत हो । हिमश्रृंखला उच्च पहाड ताल पाटनहरूले पर्यटकबाट आउने आम्दानीको ठूलोस्रोत हुनेछ । शान्ती कायम गरेर कति कति लिन सकिन्छ व्यवस्थित गर्न राज्यको अहम भूमिका हुनुपर्छ । अनगन्ती भू–भागभित्र रहेको प्राकृतिक सम्पदा अज्ञातको गर्भमा छ । मेरो मन कटक्क काटिन्छ भोटेकोशीमा उल्र्लेको छालसँगै मुना मदन खण्डकाव्यको यात्रा नसकिएकोले निसासिन्छु । अग्लो पहाड फोक्न्डोलबाट छहरा भुल्का छोडेर झरेको थियो । सीमा चेकपोष्ट तरेपछि फुट्टा एक बजे पुगियो र त्यहाँ सडक तलमाथी ट्रकहरू लाम बद्धचौरमा रोकेर रखिएका थिए । आज यो कोदारी राजमार्गमा सडकमा सवारी साधन भन्दा भारवहन गाडीहरू धेरै नै भेटिए । चीनमा निर्मित समान यही एउटा मात्र जमिन मार्गको सडक भएकोले यो सडकमा भारवाहन गाडीहरू चल्ने गर्दा रहेछन । केही छिन पछि चाकु बजार पुग्यौं । आधा घण्टापछि फुलिङ कट्टीको एउटा खोलाबाट धमिलो लेदोसहित पानी बगेर भोटेकोशीमा मिसिएको रहेछ । आजकल पहाडका बस्तीहरूमा कच्ची मोटर सडक बनिरहेकोले त्यही भएर पानी धमिलो बगी तल सुनकोशी मिसादासम्म यो भोटेकोशी धमिलो थियो ।
एक बजे तातापानी पुगियो । म बसेको बसका मानिस सबै तातापानीमा नुहाउन ओर्लिए । म पनि गेटबाट टिकट काटेर भित्र पसे । भित्र पुरुष र महिला नुहाउने धारा, डुब्ने तलाऊ अलग–अलग थिए । आफ्नो झोलाझिम्टी कपडा फुकालेर पर कोठामा राख्ने स्थान पनि थियो । तर आफ्नो हेरचाह गर्ने मानिस हुनुपर्दो रहेछ । मेरो साथी कोही नभएकोले पुरुष नुहाउने चार धारा महिलाका पनि चार धारा थिए । त्यही बेला के याद आयो भने डेनमार्क वृद्धहरूलाई सुविधाको लागि हुइयलचिएर दिएको हुन्छ जब वृद्धहरू मर्छन् पुनः अर्को वृद्धको लागि उपयोग लाग्छ भनेर हुइयलचिएर फायर बिर्गेटमा राखिदो रहेछ । यहाँ त मर्ने व्यक्तिका उपयोग वस्तुहरू दान दक्षिणा गरेर छोडिन्छ, त्यही भएर पनि हाम्रो मानसिक, जैविक, प्राकृतिकमा भौतिक विकाशको विद्रोह नभएकोले हरेक क्षेत्र परनिर्भता रहेको लाग्यो । मानबहादुर धनाङ भाईले भने मेरो त भर्खर किनेर ल्याएको चप्पल यहिनेरबाट चोरी दियो । म भारतका विभिन्न धामिर्क पिठको अवलोकन गर्दा चप्पल जुत्ता कतै राखे पनि हराएन । एकपटक जानकी मन्दिर हेर्न जाँदा चप्पल हरायो । हाम्रो नेपालमा त चोर पनि मन्दिर मन्दिर घुमिरहन्छन् भाईले भने । यो स्थानको तलतिर भोटेकोशीको भुल्का उठिरहेको थियो । करिब १ घट्टे पानी सबै एक स्थानबाट तल भोटेकोशीमा निरन्तर झरिरहेको थियो । म यो स्थानको तल्लो पट्टी हेर्न गए । त्याहाँ त नौ वटा कोठा निर्माण गरी प्रत्येक कोठामा आधुनिक डब दुई वटा नुहाउने डब निर्माण गरिएको रहेछ । एउटा डबको ४५ मिनेटसम्म नुहाँउदा १०० दुईको २०० भाडा तिरेपछि पाइप शरीरमाथी रखेर आनन्दले तातोपानीले नुहाउन पाइने व्यवस्था रहेछ । म भारत नेपालका विभिन्न स्थान घुमे पनि यति ठूलो मुलको पानीतातो आइरहने पाएको छैन । यस्तो प्रकारको प्राकृतिक मूलको पानी निरन्तर आइरहने भए भारतमा कति व्यस्थित बनाएर राज्यको आम्दानी स्रोत देश विदेशमा प्रचार–प्रसार गरेर बनाउँथे ।
त्यहाँ तल सानो पाटोमा एउटा बगैंचा रहेछ । तल भोटेकोशी भुल्का उठाएर वेगले दगुरी रहेको थियो । त्यही कोशी पारी कोदारी छहरा झरझर भरिरहेको देखिरहेको थिए । मलाई त्यो समयमा के पनि शोचमा पुगेको थिए भने पौराणिक कालमा हाम्रा ग्रन्थहरूमा स्वर्गको डिल भन्ने स्थान यस्तै त होलान लाग्छ । मुल माथी श्री श्रुङ्गेश्वर मन्दिर छ । नुहाएपछि मानिसहरू दान दक्षिणा दिने र धुपदिप गर्दा रहेछन् । मलाई पनि पुजारी हिमालप्रसाद कोइरालाले टीका लगाइदिए । प्रायः नेपालका मन्दिरहरूमा बाहुन जाति नै पुजारी भएर बसेको पुस्तेली परम्परा जस्तो यहाँ पनि देखिन्थ्यो । यो रमाइलो भूमिबाट आए । अब त्याहाँ खासा बजार लिभिङसमा जाने बस अन्य यायातका साधन केही छैनन् । अरु मानिसहरू हतरपतर नुहाएर बस समातेर गइसकेछन् । म भने सबैतिर अवलोकन गर्दा धेरै समय गयो । यातायातका साधन पाइरहेको थिएन । अचानक एउटा पजेरो सरकारी नेपाल विद्युत प्राधिकरण गाडी देखियो । मैले अगाडि गएर लिफ्ट मागे लिभिङसम्म । उनीले आफ्नो परिचय भुपेन्द्रप्रसाद गोरखाली सहायक मनेजर अनुमति विभाग प्रमुख हुँ । भित्रबाट अलि भीआईपी पाराले भने अलिमाथी आउँ । म पनि हस्याङफस्याङ गर्दै अलिमाथी पुगेर गाडीमा बसे । गाडी करिब १० मिनेट हिँडेपछि रोकियो । त्यहाँ नेपाल पट्टिकोअग्लो टाकुरोमा जाने सिंडि बनाएको रहेछ । बीचमा भोटेकोशी तिब्बततिर पारी कोदारी अत्यन्त मनमोहक छहरा त्यो टाकुराबाट नजिकै हेर्न पाइने भएको ले हामी सबै टाकुरामा उक्लियौ । उनको श्रीमती कविता गोर्खाली, छोरी दिक्षा गोर्खाली, छोरा दिवश गोर्खाली ड्राइभर मिश्र मैले त्यो मनमोहन छहरा कोदारी तिब्बतियन बनपाखा फोटा आउने गरी लियौं । तातापानी कोदारी छहराले मेरो मनमा कहिले नमटिने प्राकृतिक सुन्दरता पाएकोमा पुरलेकित भएको थिए । २ किलोमिटर बाटो यो सरकारी पजेरोले एकछिनमा लिबिङ बजार पु¥यायो । बाटोमा हाकिमले भने अब तलतिर आउँदा हुँदैन सिंह ज्यू । मैले भने हुन त हो गोर्खाली ज्यू म धेरै अवलोकन अध्ययन गर्ने मानिस हुँ । हतरपतर गएर आउने भए तपाईं काठमाडौं लिनु नै हुन्थो किन भने सरकारी गाडी तपाइले पनि निजी भ्रमणमा परिवार राखेर घुमाउने कुरा पनि राज्यको सम्पत्तिको दुरूपयोग हो । आज अन्य मुलुक भएको भए तपाइको जागिर पनि अनुसन्धानको घेरामा पथ्र्यो । यो त हाम्रो नेपाल न हो जनताको सम्पत्ति पहिले सामान्त राजा महाराजाहरूले उडाए अहिले कर्मचारी र नेताहरूले उडाउन थाल्नुभएको छ । म जस्ता यायावर त्यो पनि वृद्धलाई तपाईंको गाडीमा बस्न हुन्छ हुँदैन, म जान्छु । गार्खाली लाचार भएर भने के गर्ने हाम्रो देशको हालत यस्तै छ । मैले त परिवार गाडीमा घुमाउन ल्याए याहाँ त देशको राजस्व अनेकौं फेहरिस्त बनाएर खाने कर्मचारी नेताहरूले थालनी गरेका हुन् कस्ले कारबाही गर्ने ?

(बाँकी अर्को साता)

प्रकाशित मितिः   २५ कार्तिक २०७४, शनिबार १२:५५