निर्वाचन परिचालन कमिटी गठन

सुर्खेत, २३ कार्तिक । (साबिस)
बाम गठबन्धनको चिंगाड गाउँपालिकास्तरीय संयुक्त अगुवा कार्यकर्ता भेला चिङ्गाडको ढाँडखेतमा सम्पन्न भएको छ । भेलाले आसन्न निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेद्वारहरूलाई अत्यधिक बुहमतले बिजय गराउन दुई सय एक सदस्यीय गाउँपालिकास्तरीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
जसको संयोजकत्वमा हर्कबहादुर राना र सह–संयोजकमा सम्मरबहादुर विक रहेका छन् । बिहीवार सम्पन्न उक्त भेला नेकपा (एमाले) का प्रदेश समन्वय कमिटीका संयोजक बखतबहादुर खत्रीको प्रमुख आतिथ्यता, नेकपा (माओवादी केन्द्र) चिङ्गाड गाउँपालिका इन्चार्ज बोधविक्रम जिसीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । भेला नेकपा (एमाले) चिङ्गाड गाउँपालिका संयोजक हर्कबहादुर रानाको सञ्चालन र नेकपा (माओवादी केन्द्र)का गाउँपालिका अध्यक्ष सम्मरबहादुर विकको अध्यक्षतामा भएको थियो ।
सोही भेलाले गठन गरेको गाउँपालिकास्तरीय निर्वाचन परिचालन कमिटीले प्रत्येक वडामा अगुवा कार्यकर्ता भेला गरी वडास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरी चुनाव परिचालनको कार्यलाई तीव्रता दिने निर्णय समेत गरेको छ । त्यसैगरी भेरीगंगा नगरपालिका वडा नं. १३ मा वाम गठबन्धनको वडास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । जसको संयोजकमा पदमबहादुर वली र सह–संयोजकमा नरबहादुर जिसी रहेका छन् । उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) को समानुपातिक उम्मेदवार सीता नेपालीको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २४ कार्तिक २०७४, शुक्रबार १५:११