आगलागी हुँदा दुई करोडको नोक्सान

सुर्खेत, २३ कार्तिक । (साबिस)
वीरेन्द्रनगरस्थित जुम्लारोडमा रहेको एक पुस्तक पसलमा आगलागी हुँदा झण्डै दुई करोड बढीको क्षती भएको छ । बिहिवार बिहान पौने २ बजे जुम्लारोडमा रहेको जयलक्ष्मी इन्टप्राइजेजमा आगलागी हुँदा दुई करोड २५ हजारको सामग्री नष्ट भएको हो ।
विद्युत तार सट हुँदा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जयलक्ष्मी इन्टरप्राइजेजका सञ्चालक भानु बरालका अनुसार पसलमा रहेका स्टेशनरी, म्युजिक र खेलकुदका सामग्री नष्ट भएको छ । पसलमा लागेको आगो दमकल र प्रहरीको सक्रियतामा बिहान ५ बजे मात्रै नियन्त्रणमा अएको थियो । आगो सँगैको रोशन ड्रग हाउसमा पनि सल्केको थियो । प्रहरीका अनुसार रोशन ड्रग हाउसमा पनि आगोले क्षति पु¥याएको छ ।
यसैबीच नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सुर्खेतले सरोकारवालाहरूसँग क्षतिपूर्तिका प्रदान गरिदिनका लागि अनुरोध गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै बीमा कम्पनी, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिसँग उचित क्षतिपूर्तिका लागि समन्वय गरिदिन अनुरोध गरेको हो ।

प्रकाशित मितिः   २४ कार्तिक २०७४, शुक्रबार १५:१०