यी हुन् प्रदेश ६ बाट समानुपातिकतर्फका उम्मेदवारहरू
साझाबिसौनी संवाददाता
सुर्खेत, १९ कार्तिक ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले उम्मदेवारी दिएका छन् । त्यसैगरी प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ ।
प्रतिनिधिसभातर्फ एक सय १० जना सांसदहरू समानुपातिक आधारमा छानिने छन् भने प्रदेशसभातर्फ दुई सय २० समानुपातिक सांसद हुनेछन् । प्रमुख दलहरूले सबै सीटका लागि नामावली बुझाएका छन् भने साना पार्टीले थोरै सीटमा नामावली बुझाएका छन् ।
राजनीतिक दलहरूले असोज २९ गते समानुपातिक प्रणालीबाट चुनिने प्रतिनिधिसभाको एक सय १० तथा सात वटा प्रदेशसभाका लागि निर्धारित दुई सय २० सीटका लागि बन्दसूची आयोगमा बुझाएका थिए । निर्वाचन कार्यतालिका अनुसार नमिलेका विषय सच्याएर कात्तिक १२ भित्र संशोधित सूची बुझाइएको थियो ।
समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ । आयोगले सार्वजनिक गरेको बन्दसूचीमा, आदिवासी पुरूष सात सय ८३ र महिला नौ सय ३१ जना छन् । त्यसैगरी खस आर्यतर्फ पुरूष आठ सय ६७ र महिला नौ सय ९७ छन् । त्यस्तै थारू समुदायबाट पुरूष एक सय ५८ र महिला दुई सय ६२ जना छन् भने दलित उम्मेदवारहरू पुरूषतर्फ तीन सय ४२ र महिलातर्फ चार सय ९६ जना छन् । त्यस्तै मधेसी समुदायबाट पुरूष चार सय ५५ र महिला पाँच सय ६३ जना बन्दसूचीमा समेटिएका छन् ।
मुस्लिम समुदायबाट पुरूष ८१ र महिला १५७ जना बन्द सूचीमा परेका छन् । त्यसैगरी, अपाङ्गता भएका पुरूष एक सय ५८, महिला एक सय १५ र अन्य १ तथा पिछडिएका क्षेत्रका पुरूष एक सय सात र महिला एक सय २२ जनाको उम्मेदवारको नाम बन्दसूचीमा परेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश नम्बर ६ मा प्रदेशसभाका लागि १८ वटा दलले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची आयोगलाई बुझाएका छन् । ती १८ वटै दलका उम्मेदवारहरूको सूची यहाँ समावेश गरिएको छ ।
प्रकाशित मितिः १९ कार्तिक २०७४, आईतवार १३:३१
साझा बिसौनी ।