६ नम्बर प्रदेश, एमालेले टुंग्यायो उम्मेदवार

काठमाडौं, १५ कात्तिक ।
नेकपा एमालेले ६ नम्बर प्रदेशका दोस्रो चरणमा चुनाव हुने सबै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेवारहरुको टुंगो लगाएको छ । उपाध्यक्ष बामदेव गौतम निवास भैैंसेपाटीमा बसेको एमाले स्थायी कमिटी बैठकले उम्मेदवार तय गरेको हो ।

एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कडेल दुवैजना प्रदेशसभा सदस्यको उम्मेदवार बनेपछि ६ नम्बर प्रदेशको भावी मुख्यमन्त्रीमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा महेन्द्रवहादुर शाही र नरेश भण्डारी चुनावी मैदानमा गइसकेका छन् ।

एमाले माओवादी कार्यदलमा लामो समय सल्यानका कारण सहमति हुन सकेको थिएन । सल्यानमा माओवादीले प्रतिनिसिधा र एमालेले दुवै प्रदेशसभा पाएपछि एमाले नेता ज्वाला प्रदेश ख बाट उम्मेदवार बनेका छन् ।

सल्यानको प्रदेश (क) बाट केन्द्रीय सदस्य गुलाबजंग शाह प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । संसदको अर्थ समितिका सभापति भइसकेका ज्वाला एमालेबाट ६ नम्बर प्रदेशका सम्भावित मुख्यमन्त्रीका दाबेदार हुन् ।

पार्टीको ६ नम्बर प्रदेश सहसंयोजक समेत रहेका अर्का नेता यमलाल कडेल पनि सुर्खेत २ को (क) बाट प्रदेशसभा उम्मेदवार बनेका छन् । उनले पनि आफूलाई भावी मुख्यमन्त्रीको रुपमा उभ्याउदैछन् ।

६ नम्बर प्रदेशमा एमालेले र माओवादीले प्रतिनिधिसभामा बराबरी सिट बाँडेका छन् । एमालेले सुर्खेत र दैलेखमा चार सिट सहित मुगु र डोल्पा गरि ६ सिट पाएको छ । त्यस्तै माओवादीले सल्यान,कालिकोट,जुम्ला,जाजरकोट,हुम्ला र रुकुममा गरि ६ सिट पाएको छ ।

त्यस्तै प्रदेशसभामा एमालेले १४ र माओवादीले १० सिट पाएका छन् ।

यस्ता छन् एमालेका ६ नम्बर प्रदेशका उम्मेदवार

प्रतिनिधिसभा

सुर्खेत-१ः ध्रुव शाही
सुर्खेत-२ः नवराज रावत
दैलेख-१ः रविन्द्रराज शर्मा
दैलेख-२ः राजवहादुर बुढा

प्रदेशसभा उम्मेदवार

सुर्खेत-१ खः खड्ग खत्री
सुर्खेत-२(क) : यमलाल कडेल
दैलेख-१ (ख) : अमरवहादुर थापा
दैलेख-२ (क): सुशील कुमार थापा
दैलेख-२ (ख): राजवहादुर शाही
सल्यान-(क):  गुलाबजंग शाह
सल्यान-(ख) : प्रकाश ज्वाला
(अनलाईनखबर ।)

प्रकाशित मितिः   १५ कार्तिक २०७४, बुधबार १६:५५