एमाले नेता ऋषिको सम्झना
सुर्खेत, २५ चैत्र ।
संविधानसभाको निर्वाचनको क्रममा हत्या गरिएका एमाले सुर्खेतका नेता ऋषिप्रसाद शर्माको सम्झना गरिएको छ । शर्माको आठौं स्मृति दिवसको अवसरमा ऋषि स्मृति प्रतिष्ठान सुर्खेतले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनको सम्झना गरिएको हो ।
ऋषिको दूरदर्शीता र नेतृत्व क्षमताका दृष्टान्तहरूका बारेमा चर्चा गरिएको थियो । अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले शर्माको सम्झना गर्दै उनले सुर्खेती कम्युनिष्ट आन्दोलन,
पार्टी निर्माण र कार्यकर्ताको संरक्षणमा पु¥याएको योगदानको चर्चा गरेका
थिए । नेकपा एमालेका अनुशासन आयोगका सदस्य बालाराम शर्माले ऋषिको अभाव नेपाली राजनीतिले महसुस गरिरहेको बताए ।
एमाले पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता टेकेन्द्रकुमार बस्नेतले ऋषिले पु¥याएको योगदानको चर्चा गर्दै एमाले पार्टी विभाजनको अवस्था, सशस्त्रद्वन्द्वको समयमा कार्यकर्ता संरक्षण गर्ने र जनआन्दोलन २०६२÷०६३ मा नेतृत्वदायी भूमिका निर्वाह गरेको
भन्दै चर्चा गरेका थिए । स्मृति प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रकाशित मितिः २६ चैत्र २०७२, शुक्रबार ०४:५६
साझा बिसौनी संवाददाता ।