मदन–आश्रित दिवस मनाइने

साझा बिसौनी संवाददाता
सुर्खेत, ३१ वैशाख ।
नेकपा एमाले सुर्खेतले मदन–आश्रित दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । जिल्ला कमिटीको शुक्रवार सम्पन्न बैठकले जेठ ३ गते २३ औं मदन–आश्रित दिवस विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
पार्टी सचिव मोहन बडुवालका अनुसार जेठ ३ गते बिहान एमाले पार्टी कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरिनेछ । उक्त कार्यक्रममा एक सय ५१ जनाले रक्तदान गर्ने कार्यक्रम रहेको उनले जनाए ।
त्यसैगरी सोही दिन दिउँसो मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका बारेमा विचार गोष्ठी गरिनेछ । यस्तै गतवर्षको भूकम्पका बेला क्षतिग्रस्त पूर्वका केही जिल्लाहरूमा उद्धार र पुनर्निर्माणका लागि गएका युवाहरूलाई सम्मान गर्ने निर्णय समेत गरिएको बडुवालले जनाए ।

प्रकाशित मितिः   १ जेष्ठ २०७३, शनिबार १०:४८