क्षमता अभिवृद्धि तालिम

सुर्खेत, ३१ वैशाख । (साबिस)
स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना अन्तर्गत स्थानीय पत्रकारहरूको लागि सामाजिक जवाफदेहिता र असल शासन सम्बन्धी क्षमता अभिवृद्धि दुई दिने तालिम शुक्रवार देखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा तालिमका प्रमुख प्रशिक्षक डा. सुरेश आचार्यले आमसञ्चार माध्यमहरूले समाचार लेख्दा वा सूचना प्रवाह गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिए । पत्रकारले आफ्नो धर्म र दायित्वभित्र रहेर आमनागरिकलाई सूचना प्रवाह गर्नुपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ सुर्खैत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले तालिममा सिकेका कुरालाई व्यवहारमा पनि उतार्न आग्रह गरेका थिए । उद्घाटन कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समितिका अध्यक्ष हरिप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः   १ जेष्ठ २०७३, शनिबार १०:४७